जन्ती र बेहुली पक्षबीच कुटाकुट हुंदा एककाे मृत्युु स्थिति नियन्त्रणमा लिन अश्रुग्यास

गोरखा-विवाहमा आएका जन्ती र बेहुली पक्षबीच कुटाकुट

भएको छ। कुटपिटबाट गोरखामा एक जनाको मृत्यु भएको छ । जन्ती लमजुङबाट गोरखा आएको थियो । बुधबार लमजुङबाट आएको जन्तीले गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँकी केटी जिस्काएको भन्दै बेहुली पक्षले जन्ती पक्षलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका लमजुङ राइनस नगरपालिका–४ अल्काटारका विष्णु बहादुर कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार मृत्यु भएको एसपी भोला रावलले बताए ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने र घटनाको क्षतिपूर्तीको माग गर्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय ठाटीँ पोखरीमा ढुङ्गामुढा प्रहार गरेका छन् ।

त्यसको जवाफमा प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । कुटपिटमा संलग्न १२ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker