सिमा विवाद भएसंगै नक्स्ाङकन शुरू भयाे इच्छाकामनामा

कुरिनटार, १५ वैशाख
चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको साँध सिमा निर्धारणको लागि नापि विभाग सहितको टोलीले प्रक्रिया सुरु गरेको छ । केहि समय अघि देखि भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका बिच सिमा विवाद भए पछि सिमा निर्धारणको लागि नापी विभाग काठमाण्डौबाट टोली आएको हो ।

चितवनको सिमाङ्कन अध्यावतीको लागि सरोज कुमार चालिसेको नेतृत्वमा शुक्रबारदेखि टोली आएको हो । उक्त टोलीले शुक्रबार र शनिबार गाउँपालिकाका पदाधिकारी, जनप्रतिनिधी, सञ्चारकर्मी, राजनैतिक दलका प्रतिनिधी बिच सिमा विषयमा छलफल र अन्तरक्रिया गरेको थियो ।

स्मरण रहोस् सिमा विवाद भएपछि गाउँकार्यपालिका बैठकले पहिले नै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा २५ सदस्यीय गाउँपालिका स्तरीय सिमा निर्धारण समिती बनाएको छ । यस्तै हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय सिमा निर्धारण समिति बनाएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार टोलीले करिब हप्तादिन लगाएर गाउँपालिकाको सिमाङ्कन सम्बन्धि अध्ययन गर्नेछ । टोलीले पहिलो दिन गाउँपालिकाको वडा नं. १ र २ को सिमा अध्ययन सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker