खोप तथा बल्र्ड फ्लु सम्बन्धि सचेतना कार्यक्रम गरियो

तनहुँ समाचारदाता
तनहुँ, वैशाख १५ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले शनिबार दमौलीमा पशुपंक्षीलाई लगाउनु पर्ने खोप तथा वल्र्ड फ्लु सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । विश्व भेटेरिनरी दिवसको अवसर पारेर केन्द्रले सचेतना मुलक कुराहरु समेटिएका प्ले कार्ड सहित दमौली नगर परिक्रममा गरि चेतना मुलक सभा गरिएको हो ।
पशुपंक्षीको माध्यमबाट नयाँ÷नयाँ रोगहरुको संक्रमण सर्ने गरेकोले जनचेतना पैmल्याउन जरुरी रहेको कार्यक्रममा वक्ताहरुले जोड दिए । मानवको जीवन पद्धती पशुपंक्षीसँग जोडिएकोले प्रत्यक्ष रुपमा उनीहरुको रोगले असर गर्ने गरेकोेले बेलैमा सर्तक हुन जरुरी रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । पशु व्यवसायलाई सुरक्षित बनाउन खोपको प्रचारप्रसार गर्दै कृषकहरु सचेत बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो । कृषि निर्भर रहेकाले पशुपंक्षीमा प्रत्यक्ष जोडिएकाले उनीहरुको स्वास्थमा समेत सचेत हुनुपर्ने शर्माको भनाई थियो ।
खोप नलगाईएका पशुपंक्षीबाट मानवमा ६१ प्रतिशत विविध रोग सर्ने गरेको विश्व भेटेरिनरी संगठनको तथ्याङ्कमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले कार्यक्रममा जानकारी दिनुभयो । ‘मानव र पशुपंछी स्वास्थ्य एउटै हो, मानव स्वास्थ्यको मात्रै हामीले उपचार गरिरहेका छौँ, डा.श्रेष्ठले भन्नुभयो–‘सचेतनाका लागि एउटा विश्व एउटै स्वास्थ्य हो, मानव, पशुपंछी र वातावरणीय स्वास्थ्यको उपचारका लागि खोप लगाउन तर्पm सचेत हुनुपर्छ ।’
मावनमा लाग्ने एक हजार पाँच सय रोगमध्ये पशुपंछीको माध्यमबाट ८ सय रोग सर्ने गरेको डा.श्रेष्ठले जानकारी दिनुभयो । पशुपंक्षीबाट मानवमा रोग सरिरहेकोले मावनसँगै पशुपंक्षीको स्वास्थ्यमा सचेत हुँदै खोप नियमित लगाउन आवश्यक रहेको कार्यक्रममा पशुचिकित्सकले जानकारी दिनुभएको थियो । वर्ड फ्लु, हङ्गकङ्ग फ्लु, स्वाइन फ्लु निर्मूल पार्नका लागि खोपको महत्व बढी रहेको उनिहरुको जोड रहेको थियो । तनहुँमा पशुपंक्षीबाट सर्ने रोग नियन्त्रण गर्न आउन नदिन सतर्कता अपनाईएको केन्द्रले जनाएको छ । ‘जिल्लाको नाकामा कडाई पारेर प्राविधिक तयारी अवस्थामा राखेका छौँ, ’ केन्द्रका प्रमुख डा. श्रेष्ठले भन्नुभयो उच्च सर्तकता अपनाएकाले तनहुँ जिल्ला बर्ड फ्लु मुक्त छ ।’
बर्ड फ्लु, स्वाइन फ्लु, हङ्गकङ्ग फ्लु, स्पेनिस फ्लुको कारणले विश्वको तीन प्रतिशत प्रभावित बनेको कार्यक्रममा जानकारी दिईयो । पशुपंक्षीको स्वास्थ्यको लागि ‘खोपको महत्व’ भन्ने नाराका साथ कार्यक्रम गरिएको थियो । सो सचेतना ¥यालीमा आफूले पालेको पशुपंछीलाई नियमित खोप लगाऔँ, घाँसमा आधारित पशुपालन गरौँ, रेविज रोगबाट आफू बाँचौँ अरुलाई पनि बचाऔँ, गुणस्तरीय भेटेरिनरी सेवाको लागि पूर्वाधार विकासमा लगानी गरौँ, घरपालुवा कुकुर र बिरालोलाई जुका विरुद्धको नियमित खोप लगाऔँ लगायतका प्लेकार्ड व्यानर सहित प्राविधिक विद्यार्थी, सरोकारवाला निकायका व्यक्तिहरु दमौली बजार परिक्रमा समेत गरेका थिए ।
तस्विर पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker