लक्ष्मी ले उचाल्यो पालुङटारको शिल्ड

रविन्द्र कंडेल
गोरखा, १२ बैशाख ।
पालुङ्टार नगरपालिकाद्धारा आयोजित माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगिताको शिल्ड लक्ष्मी मा.वि.ले हात पारेको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष एवं पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्क्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समारोह कार्यक्रममा नगरप्रमुख ई. दिपकबाबु कंडेलले प्रमुख अतिथिको रुपमा बोल्दै खेल क्षेत्रको विकाससंगै बालबालिकाको बौद्धिक क्षमताको समेत विकास हुने बताउनुभयो ।
प्रतियोगितमा प्रतिस्पर्धा गराइएका खेलहरुमध्ये लक्ष्मी मा.वि.गाइखुरले ८ स्वर्ण र ६ रजत र ३ कास्यपदक सहित कुल १८ पदकसहित प्रथम भई शिल्ड उचालेको छ । त्यस्तै गरी भवानी मा.वि. ठाँटीपोखरीले ८ स्वर्ण र ६ रजत र ३ काश्य सहित द्धितीय भएको छ । प्रतियोगितामा नगरपालिका भित्रका १३ माध्यमिक विद्यालयहरु सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker