फोटो पत्रकार महासङ्घले कुसुण्डा सिमान्तलाई शैक्षिक सामग्री सहयाेग गर्ने

तनहुँ समाचारदाता
तनहुँ, वैशाख १२ गते । नेपाल फोटो पत्रकार महासङ्घ तनहुँ शाखाले व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाको छोरी समान्त कुुसुण्डालाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्ने भएको छ ।
वैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसर पारेर शुक्रबार कुसुण्डा निवासमै पुगेर शैक्षिक सामग्री हस्तान्तरण गर्ने निर्णय भएको नेपाल फोटो पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष अमरराज नहर्कीले जानकारी दिनुभयो । ११ वर्षिया सिमान्त स्थानीय सतिश अङ्ग्रेजी विद्यालयमा कक्षा ४ मा पढ्नुहुन्छ ।
स्टेशनरी तथा खेलकुद सामग्री दमौली स्थित ढोरवाराही डेण्डलका सञ्चालक भरत पोख्रेलले उपलब्ध गराउनुहुने महसङ्घका सचिव पूर्ण विकेले जानकारी दिनुभयो । हाल भर्ना अभियान सञ्चालन भई राखेकोले सकरात्मक सन्देश पैmल्याउन शैक्षिक सामग्री सहयोग गर्न लागिएको सचिव विक बताउनुहुन्छ । ‘आजको अनिवार्यता सशक्त व्यवसायिक फोटो पत्रकाररिता भन्ने नाराका साथ वैशाख १३ गते फोटो पत्रकारिता दिवस मनाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker