मित्रतमा ३ महिने तरकारी खेती तालिम शुरु

रविन्द्र कंडेल,  ७ बैशाख ।
तनहुुँको मित्रता मा.वि अाँबुखैरेनी १ सत्रसयमा ३ महिने तरकारी खेती तालिमको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीष्मकान्त गौलीको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष किसन थापाले कृषि क्षेत्रको विकासबाट नै देशको सम्बृद्धि हुने र त्यसका लागी यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेशको तत्वावधानमा सञ्चालित ३ महिने तरकारी खेती तालिमको औचित्यको बारेमा कार्यक्रम संयोजक ठाकुर प्रसाद देवकोटाले पुष्टि गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका सदस्य प्रेम तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । जसमा शुभकामना राख्नेहरुमा सहभागीका तर्फबाट दिर्घ बहादुर खनाल, समाजसेवी इन्द्र बहादुर मास्की, मिलिजुली कृषि उत्पादन सहकारी संस्था लि.का अध्यक्ष एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन बरादीका सञ्चालक समितिका संयोजक इश्वर गौली, मिलिजुली कृषि उत्पादन सहकारी संस्था लि.की उपाध्यक्ष तुलसीमाया मन्त, अकला सहकारी संस्था लि.की अध्यक्ष मिना अधिकारी लगायतका रहेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक ध्रुवराज अधिकारीले यस क्षेत्रमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले विद्यालयीय शिक्षामा मात्र नभई समाज सुधारमा समेत महत्वपूर्ण योगदान पुर्याउनुका साथै सीपयुक्त जनशक्ति उत्पादन हुने र बैदेशिक रोजगारीमा जानेहरुका लागी समेत महत्वपूर्ण हुने बताउनुभयो ।
तालिममा ४० जना किसानहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker