हावाहुरीले ढलायो सयौं वर्ष पुरानो बरपिपलको रुख, दैवी शक्तिका कारण कुनै क्षति भएन ।

रविन्द्र कंडेल
गोरखा, ४ बैशाख ।
गोरखाको पालुङटार नगरपालिका वडा नं.७ च्याङलीस्थित ठाँटीटारमा रहेको सयौं वर्ष पुरानो बरपिपलको रुखहरु बैशाख ३ गते साँझको हावाहुरीले ढलाइदिएको छ ।
साँझ करीब ६ः३० बजेतिर आएको हावाहुरीले सो रुखहरु ढलाएको हो । रुख ढलेसंगै नजीकै रहेको विजुलीका तारहरु समेत चुडाइदिएको छ । जसका कारण आजसम्म पनि सो स्थानवरपर विजुलीबत्ती सञ्चालनमा आउन सकेको छैन् । रुख ठूलो भएको र वरपर घरहरु भएतापनि रुखले घर तथा मानवीय क्षति भने भएको छैन् । रुख कति वर्ष पुरानो थियो भनेर कसैले पनि भन्न सकेका छन तरपनि सयौं बर्षभन्दा पुरानो भएको भने सहजै अनुमान लगाउन सकिन्छ । रुखले वरपरको धेरै ठाउँ ओगटेर ढल्दा नजिकैको घर तथा मठ समेत जोगिएको छ । यसबाट दैवी शक्तिका कारण यस्तो भएको स्थानीयहरु बताउँछन् ।
उक्त दिनको हावाहुरीका कारण सो स्थान वरपरका केही घरका छानाहरुसमेत उडाइदिएको छ भने किसानका बारीमा भएका केराका बोटहरु भाँचिनुका साथै लिचीका फूलहरु झरेका छन् । जसले गर्दा किसानहरु चिन्तित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker