पाँचौं आँबुखैरेनी खुल्ला मिनि म्याराथन दौडको उपाधी गोर्खाका शितल बानियालाई

विश्व स्वास्थ्य दिवशको अवशरमा तनहुँको आँबुखैरेनीमा स्वास्थ्यका लागि दौड भन्ने नाराका साथ लायन्स् तथा लियो क्लव अफ आँबु खैरेनीको अयोाजनामा शनिबार आयोजना गरिएको पाँचौं आँबुखैरेनी खुल्ला मिनि म्याराथन दौडको उपाधी गोर्खाका शितल बानियाले हात पार्नु भएको छ । १९ प्रतिस्पधीलाई पछि पादैँ बानियाले ४१ मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उपाधी जित्नु भएको हो । बानियाले गत वर्षको चौंथो आँबुखैरेनी खुल्ला मिनि म्याराथनको उपाधी पनि जित्नु भएको थियो । त्यस्तै डँडेलधुराका ओम जोशीले ४१ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गर्दै द्धित्तिय स्थान प्राप्त गर्नु भएको छ । गोर्खाकै प्रविण कुमार बोहोराले ४२ मिनेट ०७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तृतिय स्थान हात पार्न सफल हुनु भएको छ । त्यस्तै आँबुखैरेनीका सनम गुरुङले ४३ मिनेट ११ सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौंथो र गोर्खाका अर्जुन रोकाले ४४ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै पाँचौं स्थान प्राप्त गर्नु भएको छ । प्रतियोगितामा प्रथम , द्धितिय, तृतिय र सान्त्वना हुने २ जनालाई क्रमश ः नगद २० हजार, १५ हजार , १० हजार र ५÷५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको लायन्स क्लब ३२५ बी १ डिष्ट्रिक चेयर पर्सन शिवओम मल्लले जानकारी दिनु भयो । प्रतियोगिताको दुरी आँबु १ सत्रसयबाट आँबु खैरेनी बसपार्क सम्म १० किलोमिटर रहेको थियो । लायन्स क्लबको वार्षिक कार्यक्रम अन्तरगत गरिएको प्रतियोगिताको उद्घाटन अन्तराष्ट्रिय लायन्स क्लब ३२५ बी १ डिष्ट्रिक ट्रेजर माधब बहादुर पन्त र आँबु खैरेनी गाउँ पालिकाका अध्यक्ष गिर बहादुर थापाले गर्नु भएको थियो । लायन्स क्लब अफ आँबु खैरेनीको वर्ष २०१८÷ २०१९ का अध्यक्ष काजी थापाको अध्यक्षतामा भएको कार्यक्रममा विजय धावकलाई आँबु खैरेनी गाउँ पालिकाका अध्यक्ष गिर बहादुर थापा र अन्तराष्ट्रिय लायन्स क्लब ३२५ बी १ डिष्ट्रिक ट्रेजर माधब बहादुर पन्तले पुरस्कृत गर्नु भयो । समापनको अवशरमा उहाँहरुले प्रतियोगिताले स्थानीय खेलाडीको मनोबल बृद्धि हुनुका साथै पर्यटन विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker