काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै यो किृतिमानी कायम गरेका हुन् । सन्दीपले जनवरीयता खेलेका सबै खेलमा गरेर २७ विकेट लिएका छन् । बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेलेको खेलमा सन्दीपले चार विकेट लिएका थिए । त्यस्तै यूएईसँगको तीन टि–२० सिरिजमा उनी पाँच विकेट लिन सफल भएका थिए । युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्न गएका सन्दीपले ४ विकेट लिएका थिए । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपले २७ विकेट पुगाउदै यो कृतिमानी कायम गरेको हो । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् । सन्दीप अहिले दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका छन् । उनले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएका थिए ।
Related Articles

शिक्षा ऐन प्रतिकुल देखिएको भन्दै शिक्षकहरुले बुझाए ज्ञापन पत्र
२०७५, १६ कार्तिक शुक्रबार ०४:०७

आफ्नै भान्जाको अपहरण, फिरौती लिएर हत्या, १३ वर्षपछि पक्राउ
२०७७, ४ श्रावण आईतवार १५:२५

बैंकका एक महिला कर्मचारीमा काेराेना संक्रमण देखिएपछि डुम्रेमा बैंकहरू बन्द हुने
२०७७, १४ भाद्र आईतवार २१:५७
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पालुङटार महासंघ गोरखाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
२०७५, ८ कार्तिक बिहीबार ००:३८

च्याङ्लीमा शिवरात्री मेला २०७५ को तयारी तीब्र, भलिबल विजेतालाई १० हजार पुरस्कार दिइने ।
२०७५, ८ फाल्गुन बुधबार १५:४५

जडौरी लुगा र चप्पल मागेर लगाएका हामीहरुको काठमाडौंमा महल कसरी ठडियो ? : डा भट्टराई
२०७६, १५ फाल्गुन बिहीबार १३:०१