पालुङटार नगरपालिकामा अाजदेखि कक्षा ११ र १२ काे पूर्वतयारी परीक्षा शुरू

रविन्द्र कंडेल
गोरखा, १४ चैत्र ।


गोरखाको पालुङ्टार नगरपालिकाले चैत्र १४ गते (अाज) देखि कक्षा ११ र १२ को पूर्व तयारी  परीक्षा शुरू गरेकाे छ । नेपालकाे संविधानले माध्यमिक तहसम्मकाे शिक्षा निशुल्क र अनिवार्य गरेकाे परिवेशमा नगरपालिकाले कक्षा ११ र १२ काे याे पूर्व तयारी परीक्षा लिने याेजनामा अघि बढेकाे नगर शिक्षा अधिकारी महेन्द्र पराजुलीले बताउनुभयाे । उहँाका अनुसार यस नगरपालिकाभित्र सञ्चालन गरिएकाे यस परीक्षाले विद्यार्थीहरूलाइ विद्यालयमा नियमित बनाउनुका साथै शिक्षकहरूलाइ समेत पृष्ठपाेषणा हुने हुँदा महत्वपूर्ण हुनेछ । यस वर्ष शैक्षिक पात्राेमा कक्षा ११ र १२काे परीक्षा नसमेटिए पनि अागामी वर्षमा शैक्षिक कार्यपात्राेमा नै उल्लेख गरी परीक्षा सञ्चालन गरिने पराजुलीले बताउनुभयाे । त्यस्तै गरी बार्षिक परीक्षाकाे मुखमा गरिने यस परीक्षाले विद्यार्थीहरूलाइ राम्राे खुराक हुने शिक्षकहरूले बताएका छन् । 
कक्षा ११ र १२ को परीक्षा पालुङटार नगर शिक्षा कार्यालयले शुरू गरेकाे छ। याे काम नितान्त नयाँ र महत्वपूर्ण हुने र अन्य पालिकाहरूकाे लागी समेत प्रेरणादायी हुने विश्वास लिइएकाे छ ।

कक्षा ११ र १२ लाइ माध्यमिक तहमा समावेश गरिएकाे भएतापनि अरू कक्षाहरूकाे जस्तै गरी यस तहकाे परीक्षालाइ भने स्थानीय सरकारहरूले ध्यान दिन नसक्दा एकरूपता हुन सकेकाे छैन । जसका कारण विद्यालयहरूमा विद्यार्थी नियमित नहुने, पठन पाठनमा गम्भीरता नदेखिने लगायतका समस्याहरू देखिएका छन् ।

यस नगरपालिकाभरिमा कक्षा ११ र १२ सञ्चालन भएका ७ विद्यालयहरु रहेका छन भने साढे पाँच सय काे हाराहारीमा विद्यार्थीहरु विज्ञान, व्यवस्थापन तथा शिक्षा संकायमा अध्ययनरत रहेका छन् । हाल २४ वटा विषयकाे परीक्षा सञ्चालन भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker