नयाँ घरमा नबसे सिफारिस समेत राेक्का गरिने

पालुङटार, चैत ११ । भूकम्पपछिको पुनःनिर्माणको लागि रु तीन लाख अनुदान पाउन योग्य लाभग्राही सूचीमा नपरेका भूकम्प प्रभावितको पुनः जाँच तथा सर्वेक्षण गरिने भएको छ । लाभग्राही सूचीमा समावेश हुन चाहेर निवेदन दिएका घरधनीको तथ्याङ्क सङ्कलनका लागि प्राविधिक परिचालन गर्न लागिएको पालुङटार नगरपालिका वडा नं. का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभया । उहाँका अनुसार यस वडाभित्र यही चैत १५ गतेदेखि परिचालन गर्न लागिएको छ । परिचालन भएका प्राविधिकले छुट भएका भूकम्प पीडितको पुनः जाँच तथा सर्वेक्षण गरेर प्राप्त तथ्याङ्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा बुझाउने छ । प्राप्त तथ्याङ्कलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विश्लेषण गरेपश्चात् लाभग्राही भए÷नभएको पहिचान गर्ने भएकाले नतिजा आउन अरु थप समय लाग्ने देखिन्छ । प्राविधिक परिचालनको लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सात सदस्य रहेको ‘छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन जिल्ला समिति’ समेत गठन गरिएको छ । वास्तविक भूकम्पपीडित नछुटोस् भनेर स्थानीय जनप्रतिनिधिको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको बताइएकेा छ । येा अन्तिम सर्वेक्षण भएकाले स्थानीयहरूलाइ चनाखेा भइदिन समेत वडाध्यक्षले अाग्रह गर्नुभएकेा छ ।

कतिपयले लाभग्राही सूचीमा परेर घर निर्माण भइसक्दा समेत पुराना जीर्ण घरहरूमा बसेबास गरिरहेकेा दखिएकाले घर बनाइसकेकालाइ नयाँ घरमा बसेबास गर्नसमेत अग्रह गरिएकेा छ । यदि घर पूरा भइसक्दा समेत पुरानै घरमा जेखिममा बसेकेा पाइएमा वडा कार्यालयबाट घर सम्पन्न प्रमाण पत्र लगायत वडा र नगरपालिकाबाट प्रदान गर्नुपर्ने काजजातहरू रेाक्का समेत गर्ने वडा कार्यालयले जनाएकेा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker