” पालुङटार सामुदायिक विद्यालय ब्यस्थापन समिति महासँघ ” गठन

रविन्द्र कंडेल

पालुङटार, चैत्र ११

गाेरखाकाे पालुङटार नगरपालिका भरिका विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूकाे भेलाले अमर ज्याेति जनता मा.वि. लुइटेलका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्याैपानेकाे अध्यक्षतामा  ” पालुङटार सामुदायिक विद्यालय ब्यस्थापन समिति महासँघ ” गठन गरेको छ । बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाइ विद्यालयमा काम गर्न सहज बनाउने तथा अाइपरेका समस्याहरू समाधानमा एकताबद्द भइ लाग्ने उदेश्यका साथ समितिकाे गठन गरिएकाे नवगठीत समितिका अध्यक्ष न्याैपानेले बताउनुभयाे ।

पालुङटारका ४४ ओटा सामुदायिक विद्यालयका व्यबस्थापन समितिका अध्यक्षहरुको भेलाले गठन गरेकाे  ” पालुङटार सामुदायिक विद्यालय ब्यस्थापन समिति महासँघ ” काे उपाध्यक्षमा राकेश तामाङ,  महासचिवममा प्रेम व. खड्का सचिवमा पदम प्रसाद पोख्रेल कोषाध्यक्षमा वलराम थापा रहेका छन भने अन्य सदस्यहरू रत्न व दानकोटी ,गोपाल अधिकिरी,कृष्ण व थापा,सूर्य प्र. न्यौपाने, राम व गरूङ,राम व.रानाभाट, तुलाराम तामाङ,जनक भट्ट,देवीलाल कुमाल,अमृत कालाखेती,प्रेम व कुमाल,टेक व मल्ल,अमृत व लामा रहेका छन् ।

पालुङटार नगर शिक्षा कार्यालयकाे अायाेजनामा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागी नितिगत बिषायक कार्यशालाकाे समापन पछि साे महासंघ गठन गरिएकाे हाे ।

नगर शिक्षा कार्यालय पालुङटारका नगरशिक्षा अधिकारी महेन्द्र पराजुलीले सहभागी बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागी संघीयतापछिकाे शैक्षिक संरचना, स्थानीय तहमा रहेका अधिकारहरू तथा विद्यालय व्यवस्थापन समितिकाे काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker