गाेरखामा २५ केन्द्रबाट ४४०३ परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै

रविन्द्र कंडेल

चैत्र ९, गाेरखा ।

माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७५ को बार्षिक परिक्षाका लागि गाेरखा जिल्लामा रहेको २५ परिक्षा केन्द्रमा गरी १ फरक क्षमताका सहित  ४ हजार ४ सय ३ जना परीक्षार्थीहरू सहभागी हुने भएका छन् ।

जिल्लाभरीका सवै परीक्षा केन्द्रहरूमा प्रश्नपत्र, उत्तर पुस्तिका सहित अावश्यक सबै सामग्रीहरू पठाइसकिएकाे र अन्य सवै तयारी पूरा भइसकेकेा जिल्ला शिक्षा समन्वय इकाइ गाेरखाका परीक्षा शाखाका  शाखा अधिकृत राम बहादुर अधिकारीले बताउनुभयाे । उहाँका अनुसार जिल्लाभरिबाट ११२ सामुदायिक विद्यालयका ४०२६ र ११ निजी विद्यालयका ३७७ गरी कूल ४ हजार ४ सय ३ जनाले परीक्षामा सहभागी हुँदैछन । जसमा ११३ जना प्राविधिक धारका परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदैछन भने जिल्लाभरीबाट १७ जना परीक्षार्थीहरू अयाेग्य भएका छन् ।

हरेक परीक्षा केन्द्रमा १, १ जना केन्द्राध्यक्ष रहेका छन भने २०० भन्दा बढी परीक्षार्थीहरू रहेका केन्द्रहरूमा २ जना र साे भन्दा कम भएका केन्द्र हरूमा १ जनाका दरले सहायक केन्द्राध्यक्ष रहेकाे शाखा अधिकृत अधिकारीले बताउनुभयाे ।

जिल्ला शिक्षा समन्वय इकाइ गाेरखाका प्रमुख खेमराज पैाडेलका अनुसार  जिल्लाकाे विकटमा रहेकाे धार्चे गाउँपालिकाका परीक्षार्थीहरूका लागी जनजागृति अाधारभूत विद्यालयमा नयाँ परीक्षा केन्द्र ताेकिएकाे छ । साे केन्द्रबाट २१२ परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन भने साे स्थानमा परीक्षार्थीहरूका लागी खाने वस्ने व्यवस्थाकाे लागी स्थानीय तहसंग समन्वय गरी सुलभ दरमा खाना खाने तथा बासकाे व्यवस्था गरिएकाे बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker