पालुङटार ८ मा याेग शिविर सम्पन्न

रविन्द्र कंडेल
गोरखा, ६ चैत्र ।
गोरखाको पालुङ्टार ८ धुवाँकोटमा ६ गतेका दिन एक दिवशीय योग तथा ध्यान शिविर सम्पन्न भएको छ । धुवाँकोटको दुवार टोलविकास संस्थाको आयोजनामा दुभारकाे ठूलाेचाैरमा  सञ्चालित याेग शिविरमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै  वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेललेे याेग शिविर व्यवस्थित रूपमा सञ्चालन गर्नकाे लागी वडाबाट अागामी बर्षमा याेजनासहित अघि बढने बताउनुभयाे । टाेलविकास  संस्थाका अध्यक्ष सुरेन्द्र बोगटीकाे बिशेष सक्रियतमा कार्यक्रम सञ्चालन गरिएकाे थियाे भने कार्यक्रममा अाेशाे उपवन पाेखराका अध्यक्ष स्वामी याेगानन्दले जीवनलाइ कसरी तनावमुक्त बनाउने तथा जीवनलाइ कसरी जिउने भन्ने विषयमा व्यवहारिक उदाहरण तथा प्रयाेगसहित प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।

कार्यक्रममा पालुङटार वडा नं. ७ र ८ का गरी सयाैंकाे संख्यामा उपस्थिति रहेकाे थियाे ।

यसरी सञ्चालन गरिने कार्यक्रम मानव जीवन लाई व्यवस्थित रुपमा सफल बनाउन फलदायी हुने विश्वास लिइएको योग साधक सुवास थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker