पालुङटार ८ धुवाँकोटमा एक दिने योग तथा ध्यान शिविर हुने


गोसंसं
गोरखा, ५ चैत्र ।
गोरखाको पालुङ्टार ८ धुवाँकोटमा भोली ६ गतेका दिन एक दिवशीय योग तथा ध्यान शिविर हुने भएको छ । धुवाँकोटको दुवार टोलविकास संस्थाको आयोजनामा दुभारमा विहान ८ बजेदेखि शिविर हुने संस्थाका सुरेन्द्र बोगटीले गोरखा संसारलाई जानकारी दिनुभयो ।
शिविरमा तनाव व्यवस्थापन तथा जीवन जिउने कलाका विषयमा समेत प्रवचन प्रदान गरिनेछ । अाेशाे उपवन पाेखराका अध्यक्ष स्वामी योगानन्दद्धारा सञ्चालन गरिने कार्यक्रम मानव जीवन लाई व्यवस्थित रुपमा सफल बनाउन फलदायी हुने विश्वास लिइएको योग साधक सुवास थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker