गोरखा पोलिटेक्निक ईन्टीच्युटमा स्वरोजगारका लागि तालिम सञ्चालन

गाेसंसं,
गोरखा पोलिटेक्निक इन्स्टीच्युटले पालुङटार नगरपालिका वडा नं. ४ र वडा नं. ५ लाई समेटेर तालिम सञ्चालन गरेको छ । इन्स्टीच्युटले  वडा नं. ४ र ५ का युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो । इन्स्टीच्युटले महिलाहरुका लागि सिलाइकटाइ र व्युटिसियनको तालिम सञ्चालन गरेको छ भने युवाहरुको लागि इलेक्ट्रिसियन र प्लम्विङको तालिम सञ्चालन गरेको छ । इन्स्टीच्युटले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका पालुङटार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कंडेलले तालिमका सहभागिहरुलाई आँफुले सिकेको सिपलाई व्यवहारमा लागु गर्दै आफुले सिकेको सिपलाई बेच्न अनुरोध गर्नुभयो । सोहि अबसरमा उहाँले सिकेको सिपलाई उत्पादनमा परिणत गरेर बेच्न सके मात्र समृद्धि प्राप्त हुने बताउनुभएको छ । नगर प्रमुख कडेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै तपाँईको संमृद्धि संग पालुङटारको संमृद्धि अनि पालुङटारको संमृद्धि संग सिङ्गो राष्ट्रको समृद्धि जोडिने भएकाले समृद्धिका लागि सबैको भुमिका हुनेमा जोड दिनुभएको छ ।
सोहि कार्यक्रमको विषेश अतिथि समेत रहनु भएको पालुङटार नगरपालिकाको नगर उपप्रमुख पम्फा बसेलले गोरखा पोलिटेक्निक इन्स्टीच्युटले गोरखाका स्थानियतहहरुमा छोटो अबधिमा तालिम सञ्चालनको उत्घाटन गरेको भन्दै इन्स्टीच्युटलाइ धन्यवाद दिनुभयो । सोहिअबसरमा उहाँले तालिमले युवाहरुलाई सोराज्गार बन्न प्रोत्साहन गर्ने र महिलाहरुलाई आयआर्जन गर्नका लागि सक्षम बनाउनेमा आफु विस्वस्थ भउको प्रतिक्रिया दिनुभएको छ ।
गोरखा पोलिटेक्निकइन्स्टीच्युटका प्रिन्सिपल विज्ञान अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्र पराजुली समेतको उपस्थितिमा सम्पन्न भएको थियाे । साे  कार्यक्रममा सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker