हाेलीका दिन पालुङटारकाे हवाइग्राउण्डमा गाेरखा र गैंडाकाेट काे कडा भिडन्त हुँदै (शेयर गरेर सवैलाइ जानकारी गराउनुहेाला)

पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा गोरखा र गैडाकोट नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ । पालुङटार हवाईग्राउण्डमा सोमबार भएको खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३ –० गोल अन्तरले पराजित गर्दै गोरखा नगरपालिका फाइनलमा पुगेको हो । गोरखालाई फाईनलमा पु¥याउन जमिर मास्के, अर्जुन गुरुङ र विष्णु विकले एक एक गोल गरे । प्रतियोगितामा गोरखाका विवेक गुरुङ म्यान अफ द म्याच बनेका छन् ।

सोमबार नै भएको अर्को खेलमा गैडाकोट नगरपालिका नवलपुरले पुतलीबजार नगरपालिका स्याङजालाई २ –१ गोल अन्तरले हराएको हो । खेलमा गैंडाकोटका लागि सन्तोष गुरुङ र विजय कुमालले एक एक गोल गरेका थिए । जसमा पुतलिबजारका लागि अमन रानाले एक गोल मात्रै फर्काउन सके । प्रतियोगितामा गैडांकोटका विजय गुरुङ म्यान अफ द म्याच भएका छन् ।

फाइनल खेल चैत ६ गते बुधबार दिउँसो १२ बजेबाट शुरु हुनेछ । पतियोगिताको विजेताले नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र उपविजेताले नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् । सेमिफाईनलमा पराजित भएका देवचुली र पुतलीबजारले नगद ५४ हजार ३२१ रुपैयाँ पुरस्कार पाउने छन् ।  प्रतियाेगिताका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले  जानकारी दिनुभएकाे छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानिय तह सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker