क्वाटर फाईनलबाट बाहिरियाे पालुङटारकाे दुइवटै टिम

गाेसंसं , चैत्र २ गते ।

गोरखाको पालुङटारमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय लिगलिग पालुङटार मेयर कप फूटबल प्रतियोगिता काे क्वाटर फाइनलबाट अायाेजक पालुङटारकाे दुवै टिम बाहिरिएकाे छ ।

क्वाटर फाइनलकाे अाज (शनिबार) भएकाे   भएको पहिलो क्वाटर फाईनल खेलमा गैंडाकोट नगरपालिका र देवचुली नगरपालिका विजयी भएका छन् ।
पहिलो खेलमा गैंडाकोट नगरपालिका नवलपुरले ले अायाेजक पालुङटार बी गोरखालाई १ – ० ले हराएको छ । सो खेलमा विजयी टिम गैंडाकोटका रोशन दर्लामी मगर म्यान अफ दी म्याच घोषित हुनुभयो । निकै प्रस्तिपर्धात्म रुपमा भएको खेलमा पालुङटारले आत्मघाती गोल गरे पछि गैंडाकोटले विजयी हुने अवसर पाएको थियो । दोस्रो खेल देवचुली नगरपालिका नवलपुरले पालुङटार बिलाई ट्राईब्रेकरमा ४ – ३ हरायो । सो प्रतियोगितामा विजयी टिम देवचुलीका गोलकिपर विशाल विक म्यान अफ दी म्याच घोषित हुनुभयो ।
आईतबार क्वाटर फाईनलको पहिलाे खेल गण्डकी गाउँपालिका गोरखा र गोरखा नगरपालिका गोरखा बीच हुने र दाेश्राे खेल पुतलीबजार नगरपालिका स्याङ्जा र भानु नगरपालिका तनहुँब बीच खेल हुने  मेयर कपका  संयोजक बसन्त कुमार श्रेष्ठले  जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker