थानीमाई मन्दिरमा मंगलबार भक्तजनको भीड

तनहुँको भानु नगरपालिका–७ वसन्तपुर स्थित थानीमाई मन्दिरमा मंगलबार भक्तजनको भीड लागेको छ । मनोकांक्षा पुरा हुने विश्वासमा सो मन्दिरमा हिन्दु धर्मालम्बीहरुको भीड लाग्ने गर्छ ।
मन्दिरमा २० वटा फूलको डोली भित्रिएको र डोलीसँगै १ हजार ९ सय ७१ जना भक्तजनहरुले मन्दिरको दर्शन गरेको थानीमाई मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिनुभयो । समितिका अनुसार ७५ जना महिलाहरुले सोमबार राती बत्ती बालेर जाग्रम बसेका थिए । भुकम्प पछि जीर्ण भई पुर्न निमार्ण भईरहेका थानीमाई मन्दिरको लागि भानु–१२ अर्चले स्थायी घर भई हाल पोखरा बस्नु हुने भरत केसीले आर्थिक सहयोग गर्नु भएको छ । केसीले ३० हजार रुपैयाँ समितका अध्यक्ष थापा मगरलाई हस्तान्तरण गर्नु भएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker