प्रथम लिगलिग पालुङटार मेयर कपमा आजसम्म तीन खेल सम्पन्न (क कसको खेल सकियो क कसको बांकी छ, हेर्नुहोस अनि शेयर गर्नुहोस )

फागुन २७

प्रथम लिगलिग पालुङटार मेयर कप २०७५ मा अाजसम्म तीन खेल सम्पन्न भएको छ । तीन खेल मध्ये पहिलो खेल उदघाटन सत्रमा पालुङटर नगरपालिका “बि” र बाग्लुङ नगरपालिका बिच भएको थियो । उक्त उदघाटन सत्रको खेलमा पालुङटार “बि” ले ४– २ गोल अन्तरले विजयी बनेको थियो । त्यसै गरि २७ गते भएको पहिलो खेल पालुङटार नगरपालिका “ए” र राईनास नगरपालिका बिच भएको थियो । उक्त खेलमा पालुङटार “ए” ६– १ गोल अन्तरले विजयी बनेको थियो ।
त्यसै गरी २७ गते नै बेशीशहर नगरपालिका लमजुङ र पुतलीबजार नगरपालिका स्याङजाबीच भएको दोस्रो खेलमा बेसिसहर नगरपालिका लम्जुङ्ग ५–० गोल अन्तरले विजयी बनेको छ ।
त्यसै गरि २८ गते हुने पहिलो खेल देवचुली नगरपालिका नवलपरासी र शुक्लागण्डकी नगरपालिका तनहुँ बिच र दोश्रो खेल दोस्रो खेल गल्याङ नगरपालिका स्याङजा र गण्डकी गाउँपालिका गोरखा बिच हुने मेयर कप का संयोजक एवं वडा नं.७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । संयोजक श्रेष्ठका अनुसार २९ गते पहिलो खेल भानु नगरपालिका तनहुँ र बारपाक सुलिकोट गाउँपालिका बिच हुनेछ भने दोस्रो खेल कुश्मा नगरपालिका पर्वत र गोरखा नगपालिका बिच हुनेछ ।
पालुङ््टारको हवाइग्राउण्डमा सञ्चालन भइरहेको मेयर कपको फाइनल खेल चैत्र ६ गते हुनेछ । जसमा प्रथम हुनेका लागी २ लाख ३४ हजार ५६७ रहेको छ भने द्धितीय हुनेका लागी १ लाख २३ हजार ४५६ रहेको छ भने खेलमा उत्कृष्ट खेलाडीका लागी १२ हजार ३ सय ४५ सर्वोत्कृष्ट गोलकर्ताका, उत्कृष्ट खेलाडी, उत्कृष्ट मध्यपंक्ति, उत्कृष्ट रक्षकका लागी ९ हजार ८ सय ७६ पुरस्कार तथा प्रमाण पत्र रहेको छ । सेमीफाइनल पुग्ने २ टिमले समेत ५४ हजार ३ सय २१ रुयैयाँ प्राप्त गर्नेछन्् ।
खेल पर्यटनमार्फत पालुङ््टारलाई विश्वभर चिनाउने र यसको विकासका लागी सहकार्य गर्ने उद्धेश्यका साथ खेलको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker