च्याङ्लीमा अन्तराष्टिय महिला दिवस सम्पन्न

गोरखा, पालुङ्टार, २४ फागुन ।
अन्तराष्टिय नारी दिवसको अवसरमा गोरखाको पालुङटार वडा नं.७ मा नगर कार्यपालिका सदस्य सावित्रा वि.क को अध्यक्षतामा अन्तराष्टिय नारी दिवस मनाइयो । वडा कार्यालय च्याङ्ली बिरुवाटारमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख दिपक बाबु कंडेलले महिलाहरु आफ्नो हकहितका लागी अघि बढनुपर्ने बताउनुभयो । विमला कंडेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा नगर उप प्रमुख पम्फा वसेल, वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ, वडा सदस्य भगवती कुमाल, स्थानीय महिला समूहकी रमा माझी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन कोपिला कुमालले गर्नुभएको थियो ।
कार्र्यक्रममा महिलाहरुले बिरुवाटार क्षेत्र वरपर र्याली प्रदर्शन गर्दै वडा कार्यालय पुगेर सभामा परिणत भएको थियो । महिलाहरुले विभिन्न प्रस्तुतिहरु समेत सो अवसरमा प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker