अकला मन्दिरमा फागुन २६ गते देखी चैत्र २ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लाग्ने

समीर जाेशी,

सुन्दरबजर नगरपालिका ८ मा रहेको अकला मन्दिरमा यहि फागुन २६ गते देखी चैत्र २ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ । कार्यक्रमको उद्द्घाटन पुर्व सेनापति राजेन्द्र छेत्रीले आईतवार गर्नुहुने छ । मन्दिरको कलात्मक पुर्न्निर्माण गरि धार्मिक तथा पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले मन्दिरमा महायज्ञ लगाउन लागिएको मुल समारोह समितिका सँयोजक हरिप्रसाद रेग्मीले बताउनु भयो । उहाका अनुसार महायज्ञबाट करिब १ करोड आर्थिक रमक सङकलन गर्ने उदेश्य रहेको छ ।कार्यक्रम हुनु अगाबै सनिवार सम्म करिब ५ लाख रमक सङकलन भएको समेत उहाले बताउनु भयो ।सात दिन सम्म लाग्ने महायज्ञमा प्रमुख वाचक िशवा प्रसाद सापकोटा सहित जम्म ११ जान उपवाचक रहने छन । कार्यक्रमको पहिलो दिन आइतबार आफनो जातिय भेषभुसामा बाजा गाजा सहित कलस यात्रा गर्ने कार्यक्रम रहेको छ ।उप संयोग बिजेन्द्र थापाका अनुसार सप्ताह वाचन मण्डप र श्रावण कक्षको तयारी पुरै सकिएको छ ,मन्दिर वर पर पुरै सिङ्गारिएको छ ।सिङ्गो अकल टोले मुहार फेरेको छ ।धर्मिक तथा ऐतिहासिक महत्त्व बोकेको अकलामन्दिर बि.स. १८०५ बाट चिनिदै आएको मन्दिर हो । यस मन्दिरमा पुजा आज गर्न को लागि लमजुङ तनहुँ गोर्खा कास्की धादिङ लगायत विभिन्न जिल्ला बाट भक्तजनहरु पुजा गर्न को लागि आउने गर्छन । मन्दिरमा विशेषगरि बडा दसौको अस्टमि नबमी र चैते दसैंमा भक्तजनहरुको भिड लाग्ने गरेको मन्दिरका पुजारी अ्मर कुवार बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker