पालुङटारमा भाेली लिगलिग पालुङटार मेयर कपकाे उदघाटन हुँदै, मुख्यमन्त्री गुरूङले सम्बाेधन गर्ने

रविन्द्र कंडेल, फागुन २५, पालुङटार

पालुङ्टार नगरपालिका गोरखामा भोलीदेखि संचालन हुने गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । फुटबल खेलको विकास गर्ने उदेश्यले जिल्लामा नै पहिलोपटक स्थानीय तहले प्रतियोगिता गर्न लागेको हो ।भोलि फागुन २६ गते देखी चैत ६ गतेसम्म पालुङटार नगरपालिका ५ हवाइ ग्राउण्डमा सञ्चालन हुने फुटबल प्रतियोगीताको लागि खेलाडीहरु आउने क्रम जारि रहेको आयोजक समितिका सदस्य सचिव किरण गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक पालुङटार नगरपालिकाको दुई टिम, गोरखा नगरपालिका, गण्डकी गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सहभागीता जनाउने छन् भने १३ वटा टिम अन्य जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् ।प्रतियोगितामा तनहुँका ब्यास, भानु र शुक्लगण्डकी नगरपालिका, लम्जुङको राइनास सुन्दबजार र बेशीसहर नगरपालिका, स्याङजाको पुतलीबजार र चापाकोट नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका र नवलपरासीको देवचुली र गैंडाकोट नगरपालिका सहभागी रहेका छन् ।सम्बन्धित नगरपालिकाको टिममा सोहि नगरपालिकाको स्थायी बासिन्दाले मात्र खेल्न पाउने नियमले समग्र गण्डकी प्रदेशकै खेलाडी छनोटमा यो प्रतियोगिताले सहयोग पुग्ने लिगलिग पालुङटार मेयर कप २०७५ का संयोजक एवं पालुङटार नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष  बसन्त कुमार श्रेष्ठले  बताउनुभयो।चैत ६ गते फाइनल खेल र समापन कार्यक्रम तय भएको प्रतियोगिताको प्रथम पुरस्कार रनिङ शिल्ड ट्रफी र नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रहेको छ । त्यसैगरी दित्तिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ राखिएको छ ।सेमिफाइनलमा पुग्ने दुई टिमलाई क्रमशः ५४ हजार ३२१ र उत्कृष्ट खेलाडी एक जनालाई १२ हजार ३४५ पुरस्कार दिने आयोजकले बताएको छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्तालाई क्रमशः ९ हजार ८७६ पुरस्कार प्रदान गरिने छ ।भोलि हुने उद्दघाटन खेलमा अयोजक पालुङटार नगरपालिका टिम बि र बाग्लुङ नगरपालिका बाग्लुङ बीच हुने आयोजकले जनाएको छ । खेलको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker