लिगलिगकाेटमा दाेहाेरी सुटिङ, तनहुँ टेलिभिजनमा प्रसारण हुने

गाेरखा- स्थानिय कलाकार मन्च पालुङ्गटार गोरखा अौपाचारिक रुपबाट स्थापना भएको एक हप्ताभित्रै कार्यक्रम ‘लिगलिग लोक चौतारी’ लिएर मिडियामा आऊदै छ | ‘एेतिहासिक लिगलिगको पहिचान, कला र संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ अघि बढाईएको कार्यक्रमले स्थानियमा रहेको कला र गला वाहिर ल्याई सबै माक्समा चिनाऊन लागिएको अध्यक्ष पवन श्री परियारल जानकारी दिए | विविध समस्यालाई समाधान गर्दै पहिले घम्साघम्सी सुटिगको लागी एेतिहासिक नगरी किल्ला पालुङ्गटारको शिर लिगलिगकोटमा सुटिग गरिएको र उक्त कार्यक्रममा प्रमुख अतिथी संगितप्रेमी समाजसेवी पालुङ्गटार निवासी दुर्योधन अधिकारी, लिगलिगकोट पर्यटन विकाश अभियानका अध्यक्ष पुर्ण बहादुर थापा मगर र कलाप्रेमी राम ब. वस्ताकोटी रहेकाे संस्थाका सचिव कविराज ढकालले जानकारी दिए । पहिलो घम्साघम्सी गोरखा पालुङ्गटारका चर्चित कलाकार दिपेन्द्र मल्ल ठकुरी र गोरखाकै गायिका अनिता पन्त बिच घम्साधम्सी भएको थियो । क्रमश किशान परियार र रविना गुरुग, ढकाल र लक्ष्मी विक, पवम श्री परियार र सुनिता गिरीको रहेको थियो । सबै गितहरु लिगलिगको मात्र रहेकाे अायाेजकले जनाएकाे छ । नेपालको ठुलो झन्डाले कार्यक्रमको रोचक थपेको छ |कार्यक्रम संयोजक राज कु़मार श्रेष्ठ, छायांकन केशर श्रेष्ठ, निर्देशक अमृत कुमार श्रेष्ठ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker