सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

कैलाली । जिल्ला अदालत कैलालीले टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ ।

सोही घटनामा संलग्न लक्ष्मण थारुलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ तर थारुले सो अवधी जेल जिवन बिताइसकेको कारण आजै जेल मुक्त गरिने बताइएको छ ।

यसअघि सांसद् रेशम चौधरीको बहस मंगलबारबाट सुरु भएर एक सातापछि हिजो (मंगलबार)सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज सो फैसला सुनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker