छाेराकाे जन्मदिनकाे खर्च सुस्त विद्यार्थीहरूलाइ

रविन्द्र कंडेल, गाेरखा

पालुङटार नगरपालिका वडा नं. ५ निवासी अाशिश देवकाेटाले अाफ्नाे छाेराकाे जन्मदिन मनाउने खर्चले सुस्त मनस्थितिका विद्यार्थीकाे पठन पाठनमा सहयाेग गर्नुभएकाे छ ।

छाेरा  प्रशिसकाे जन्मदिनकाे अवसरमा गरिने अन्य खर्च कटाएर साे खर्चबाट भवानी मा.वि. काे सुस्त मनस्थिति अावासमा रहेका बिधार्थि हरुलाई झुल र फलफुल बितरण गर्नुभएकाे हाे । उहाँले साे विद्यालयकाे अावसमा रहेका सवै विद्यार्थीहरूका लागी १, १ थान झुलसहित फलफूल वितरणा गर्नुभएकाे हेा । सुस्त मनस्थितिका विद्यार्थीहरूलाइ यसले सानै भए पनि सहयाेग हुने विस्वासका साथ सहयाेग गरेकाे उहाँले बताउनुभयाे ।

भाेजभतेर तथा पार्टीहरू गरी हुने फजुल खर्चलाइ यसरी नै सामाजिक क्षेत्रमा लगानी एवं सहयाेगकाे भावना सवैमा जागृत हुन सकेमा सामाजिक विकासका साथै सवै तहसंग सहकार्य गर्दै अघि बढन सहयाेग पुग्ने हुनाले देवकाेटाकाे सहयाेग महत्वपूर्णा रहेकाे भवानी मा.वि.का प्रधानाध्यापक अाेजराज गिरीले बताउनुभयाे ।

देवकाेटा उद्याेग बाणिज्य संघ पालुङटार इकाइका अध्यक्ष हुनुहुन्छ भने  विभिन्न सामाजिक संघसंस्थाहरूमा पनि सक्रियताका साथ काम गरिरहनुभएकाे छ । नगरपालिका क्षेत्रमा उहाँकाे सक्रियतामा धेरै कामहरू भएका छन भने हालै सम्पन्न प्रथम लिगलिग पालुङटार महाेत्सव सम्पन्न गर्ने क्रममा पनि उहाँकाे ठूलेा याेगदान रहेकाे छ ।

छाेरा प्रशिषलाइ हाम्राे तर्फबाट पनि धेरै धेरै शुभकामना  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker