दार्चुला जीप दुर्घटना ११ जनाको मृत्यु, चालक भारत रिफर

दार्चुलामा शुक्रबार राति भएकाे जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दार्चुला जिल्ला सदरमुकामबाट दुहुँ गाउँपालिकाको लागि हिँडेको म १ ज २८० नम्बरको जीप दार्चुला तिंकर सडक अन्तरगत राताकाठा भिरमा दुर्घटनामा परेको हो ।

जीप राताकाठा सडकबाट २ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ । शुक्रबार राती ७:३० बजेको दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुको सनाखत भएको छैन ।दुर्घटनामा गम्भीर घाइते जीप चालक दिपक सिह धामीलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । प्रहरीका अनुसार चालक धामीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको पिथौरागढ रिफर गरिएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले मिलेर अहिले उद्धार कार्य गरिरहेका छन् । प्रहरी, प्रशासनले यातायात सञ्चालन गर्न पटकपटक रोक लगाएको राताकाठा सडक खण्डमा जीप व्यवसायिहरुले अटेर गरि यातायात सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker