कक्षा ८ का विद्यार्थीले विद्यालयमै च्याउ उत्पादन गरे

रविन्द्र कंडेल, फागुन १५, गोरखा ।
विगतमा पेशा तथा व्यवसाय शिक्षामा कालीमाटीको फलफूल तथा सामग्रीहरु बनाउन सिकाउने परम्परा तोडदै विद्यार्थीहरुलाई वास्तवमै सीप सिकाउन कम्मर कसेको विद्यालय हो अकला माध्यमिक विद्यालय ।
यस विद्यालयको कक्षा ८ मा पढने विद्यार्थीहरुले पेशा तथा व्यवसाय विषयको अध्ययनका साथै प्रयोगात्मक कक्षा अन्तर्गत च्याउ खेती गरेर नमूना प्रदर्शन गरेका छन् । वास्तविक रुपमै च्याउ खेती गरेर घरमा च्याउ खान पाउँदा विद्यार्थीहरु निकै खुशी भएका छन् । त्यस्तै गरी सो विषय अध्यापन गराइरहनुभएकी शिक्षिका रञ्जना कंडेल पनि विद्यार्थीहरुको खुसीसंगै रमाउनुभएको छ । उहाँ भन्नुहुन्छ कक्षामा पुस्तकका कुरा मात्र पढाएर च्याउ फलाउन यसो गर्नुपर्छ भनेर थेउरी मात्र पढाउन भन्दा प्राक्टिकल्ली नैविद्यार्थीलाई च्याउ खेती गर्न लगाएपछि उनीहरुले काम पनि सिक्ने र आम्दानीको बाटो पनि हुने सोचका साथ च्याउ खेती गर्न लगाएको हुँ । ४२ जना विद्यार्थीहरुलाई २२ वटा समूह बनाई प्रयोगात्मक रुपमा शिक्षिका कंडेलले च्याउ उत्पादन गर्न लगाउनुभएको हो । जम्मा १५ सय रुपैयाँको बीउ ल्याई प्रयोगात्मक कक्षा सञ्चालन गरेको उहाँले बताउनुभयो । हालको बजार मूल्यअनुसार सो च्याउ विक्री गरेको भए करीब ३० हजार को आम्दानी हुन सक्ने उहाँ बताउनुहुन्छ ।
यसरी विद्यालयमा नै विद्यार्थीले उत्पादन गरेको च्याउ पछि उनीहरुलाई नै वितरण गरी घरघरमा पठाइएको शिक्षिका कंडेलले बताउनुभयो ।
कक्षा ८ सम्म मात्र समावेश गरिएको पेशा व्यवसाय तथा प्रविधि शिक्षा माध्यमिक तहको कक्षा १२ सम्म नै अनिवार्य गराई प्रयोगात्मक रुपमा अघि बढाउन सके बेरोजगार जनशक्ति उत्पादन गरिरहेका विद्यालयहरु स्वरोजगार व्यवसायी उत्पादन गर्ने थलोको रुपमा परिणत हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker