शहीद लखन का दुइ विद्यालय उत्कृष्ट घाेषित

शहीद लखन गाउँपालिकाले नाम्जुङको जनशक्ति माध्यामिक विद्यालय र बुंकोटको राम्चे प्राथमिक विद्यालयलाई गाउँ पालिकाकै उत्कृष्ट विद्यालय घोषणा गरेको छ । विज्ञहरुले शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मुल्यांकन फारामका आधारमा गरेको अध्ययन अनुसार गाउँ कार्य पालिकाको बैठकले जनशक्ति र राम्चेलाई उत्कृष्ट घोषणा गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र परियारले जानकारी दिए । गाउँपालिकाभित्रका ११ माध्यामिक विद्यालयमध्ये जनशक्ति ७१ अंक र राम्चे प्राविले ३१ प्राविमध्ये ६८ अंकका साथ उत्कृष्ट भएको उनले बताए । दुबै विद्यालयलाई नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत पुरस्कृत गरिने भएको छ । जसअनुसार जनशक्तिले एक लाख र राम्चेले पचास हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । गाउँपालिकाले विद्यालयसँग शैक्षिक विकासका लागि प्रस्ताव माग गरेको छ । उनीहरुको प्रस्तावका आधारमा रकम उपलब्ध गराउने शिक्षा शाखा प्रमुख परियारले बताए । कार्यपालिकाको बैठकले युवा तथा खेलकुद बिकास ब्यवस्थापन तथा संचालन कार्यबिधि २०७५ पारित गरेको छ । कार्यबिधि अनुसार यो सालभित्र नै १३ सदस्यीय गाउँपालिका स्तरीय खेलकुद विकास समिति गठन गरिने भएको छ । हरेक वडामा पनि समिति गठन गर्ने निर्णय भएको उनले बताए । गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले प्रथम शहिद लखन थापा मगर स्मृति पुरस्कार अक्षयकोष सञ्चालन कार्यबिधि र माई मनकामना पुरस्कार अक्षयकोष सञ्चालन कार्यबिधि पनि पारीत गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker