ज्यााेति मगरले पालुङटारमा धुलाे उडाईन, प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे

गोरखा, पालुङटार । शनिबार ‘प्रथम पालुङटार लिगलिग महोत्सव’को आठौं दिन भब्य रुपमा सम्पन्न भएको छ । आठौं दिन महोत्सवमा राष्ट्रियस्तरमा ख्यति कमाएकी चर्चित गायिका ज्योती मगरको उपस्थिति रहेको थियो । ज्योतीका साथमा गायक चन्द्र परियार, हाँस्य कलाकार गणेश केसीलगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रममा जब गायिका ज्योती मगर उपस्थिती भईन् तब दर्शकहरुको भिड लाग्न थालेको थियो । साँझपख मात्र ज्योतीको प्रस्तुती रहेको थियो । उनले क्रमशः आफ्ना चर्चित गीतहरु पस्किन थालिन् । उनको गीत सुन्दै र उनलाई प्रत्यक्ष देखेपछि उनका फ्यानहरुले उनका लागि निकै हुटीङ गरेका थिए । जब ज्योतीले स्टेजमै आफ्नो बाहिरको मगर संस्कृतीको कपडा खोलीन् तब भिड नियन्त्रण गर्न सेवामा खटिएका प्रहरीलाई सकस नै प–यो ।

ज्योतीले जिम्मल बाकी छोरी, पिरतीमा दम छ, छोेटो भयो जामा, सररर बुलबुले ताल, म त नाच्ने हो छोटो साडीमा, ढाडे बिरालो, जाले रुमाल, उही मुलाको चाना लगायतका आफ्ना चर्चित गीतहरु गाएकी थिईन् । त्यति मात्र होईन उनले ‘पानको पात’ वोलमा लाइभ दोहोरी गायक चन्द्र परियारसँग स्टेज शेयर गरेकी थिईन् । लाइभ दोहोरीमा निकै दोहोरो अर्थ लाग्ने शब्दहरु प्रयोग गरि गीतको टुक्का बानाएका थिए । दोहोरो अर्थ लाग्ने शब्दहरु प्रयोग गरिएता पनि यसलाई अन्यथा नलिन गायिका ज्योती मगर र गायक चन्द्र परियारले आम दर्शकहरुलाई आग्रह गरेका थिए । उनीहरुको लाइभ दोहोरीले कार्यक्रमलाई निकै रोचक र रमणीय बनाएका थिए । ज्योतीलाई हेर्न, भेट्न र उनको गीत प्रत्यक्ष सुन्न बिहानैदेखि उनका फ्यानहरु आतुर थिए । उनी स्टेजमा जब माईक समाईन् तब कार्यक्रमको प्रगांणमा धुलो नै उड्न थालेको थियो । यही फागुन ४ गतेदेखि सुरु भएको ‘प्रथम पालुङटार लिगलिग महोत्सव’ कार्यक्रम यही १२ गतेका दिन समापन हुने भनिएको थियो । तर, दर्शक दिर्घाको माग अनुसार एक दिन थप गरि १३ गतेका दिन समापन हुने बेहोरा आयोजक उद्योग बाणिज्य संघ पालुङटार इकाइका अध्यक्ष आषिश देवकोटाले बताएका थिए ।

प्याराग्लाइडिङ मुख्य आकर्षणको रुपमा रहेको महोत्सवमा १५० स्टलहरु रहेका छन् । ‘प्रथम लिगलिग पालुङटार महोत्सव’को आठौं दिन निकै दर्शक तथा अवलोकनकर्ताहरुको भिड लागेको थियो । महोत्सवमा दिन प्रतिदिन अवलोकनकर्ताहरु बढीरहेका छन् । आज मात्रै करीब २०/२२ हजारको हाराहारीमा दर्शक तथा अवलोकनकर्ताहरु महोत्सवमा आएको अध्यक्ष देवकोटाले बताए । महोत्सव अवलोकनको लागी गोरखा, तनहूँ, लमजुङ जिल्लाबाट सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker