तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

अमरराज नहर्की, तनहुँ

तनहुँ जलविद्युत आयोजनाको बाँध (ड्याम) निमार्ण लगायतका निमार्णको लागि नयाँ टेन्डर प्रक्रिया अगाडि बढाएको छ । मेलम्ची खानेपानी आयोजनाबाट ठेक्का तोडेर विवादमा आएको सिएमसी कम्पनीसँग ठेक्का सम्झौता रद्ध गरिएकोले नयाँ टेन्डर प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । सिएमसीले काम गर्दा तनहुँ जलविद्युत आयोजनाको काम पनि बईमानी गर्ने हो कि भनि तनहुँवासी शसंकित भएका थिए । सिएमसी काममा नफर्किए भएपछि जिल्लावासी ढुक्क भएका छन् । सिएमसीसँग ठेक्का रद्ध भएकोले काममा ढिलाई नगर्न जिल्लावासीले आग्रह गरेका छन् । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसका प्रमुख माहाप्रसाद हड्खले महेशले बईमानी गरिसकेको कम्पनी सिएमसी काममा नफकिंदा जिल्लावासीलाई राम्रो भएको बताउनु भयो । ‘दाग लागिसकेको , डुबी सकेको कम्पनी काममा फर्कदा मेलम्ची जस्तै तनहुँ जलविद्युतमा पनि काममा धोका दिने डर थियो त्यो टरेको छ’ क्याम्पस प्रमुख हड्खलेले भन्नुभयो । क्याम्पस प्रमुख हड्खले जलविद्युत आयोजना तनहुँको सपनासँग जोडिएको आयोजना भएकोले तुरुन्त नयाँ टेन्डर गरी काम दु्रत रुपमा काम अगाडि बढाउनु पर्ने सुझाव दिनहुन्छ । ‘हजारौंको रोजगारी दिने, आम्दानी पनि बढ्ने , देशलाई उज्यालो दिने हुँदा सररकारले यसलाई ध्यान दिई काम छिटो अगाडि बढाउन वातावरण बनाउनु पर्छ’ क्याम्पस प्रमुख हड्खले भन्नु भयो । सीएमसीलाई आयोजनाले आफ्नो काम थाल्न २८ दिनको समय दिईएको र शुक्रबारसम्मको समयसीमामा सीएमसी काममा नफिर्कएकाले ठेक्का रद्द गरिएको आयोजनाका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले जानकारी दिनु भयो । निर्धारित समयभित्र काममा नफर्किएकाले सम्झौता रद्ध गरिएको र चाँडै नै नयाँ प्रक्रियाबाट कम्पनी छनोट हुने हुँदा जिल्लावासीलाई नआत्तिन थिकेले आग्रह गर्नु भएको छ । ‘काम रोकिन्छ कि भनेर डराउनु पर्दैन चाँडै नै कम्पनी छनोट गरिन्छ’ थिकेले भन्नु भयो । सीएमसीको कार्यसम्पादन जमानत जफत गर्न पनि दावी गर्ने तयारी भईरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सीएमसीले ठेक्का सम्झौता गर्दा १ अर्ब ९७ करोड धरौटी राखेको छ । सिएमसीसँग ठेक्का रद्ध भएकोले तीन महिना काममा ढिलाई भएको आयोजनानका सह इन्चार्ज विदुर अधिकारीले जानकारी दिनु भयो । बाँध (ड्याम) निमार्ण लगायतको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी अपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)को बिरुद्ध अदालतमा मुद्धा परे सँगै आयोजनाको काम पनि अबरुद्ध भएको थियो । मेलम्ची खानेपानी आयोजनाको मुख्य निर्माणको ठेकेदार सीएमसी वित्तीय संकटमा फसेर भाग्न लागेको आरोपमा अदालतमा उजुरी परेको थियो । विवाद आएपछि आयोजनाले काममा फर्कन समय तोकि दिएको थियो । मेलम्ची खानेपानी आयोजनाबाट ठेक्का तोडेर विवादमा आएकोले आयोजनामा स्थलमा आउन नसक्दा मौज्दातको काम ठप्प हुन पुगयेको आयोजनाले जनाएको छ । इटालियन कम्पनी सीएमसीले आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहँुच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएपनि आयोजनाले सिएमसीलाई परिचालन (मोबिलाइजेसन) पेस्की भने दिएको थिएन । आयोजनाको अनुसार सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहँुच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको । ठेक्का सम्झौता भए पनि आयोजनाले उसलाई परिचालन (मोबिलाइजेसन) पेस्की दिएको थिएन । ठेक्का तोडिएपछि फेरि नयाँ प्रक्रिया सुरु गर्दा समय लाग्ने भएपछि दोस्रो लटको ठेकेदारको पनि काम प्रभावित हुने भएको छ । दोस्रो चरणको काम गर्न चीनको सिनो हाइड्रो कर्पोरेसनसँँग ठेक्का सम्झौता भइसकेको छ । सिनोले आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात् ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखेर ठेक्का सम्झौता गरिएको भएपनि यो कार्यतालिका प्रभावित हुने भएको छ । लट ३ अन्र्तगत विद्युत् गृहदेखि भरतपुरसम्म विद्युत् प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइनको कामको ठेक्का भारतको केईसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ । १४० मेगावाट क्षमताका तनहुँ जलविद्युत् आयोजनाकोे कुल लागत ५० अर्ब ५० करोड डलर छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत रहेको छ । एडीबीले १५ करोड डलर, जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैङ्क (ईआईबी) ले ८ करोड ५० लाख डलर र सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी छ । आयोजना सन् २०२२ डिसेम्बर सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker