पहरो बन्यो आम्दानीको भरपर्दो स्रोत


अमरराज नहर्की
बिमलनगर (तनहुँ), फागुन ८ गते । बाँदर पनि लड्ने पहरोको के काम भनेर नाक खुम्चाउने तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगरका बासिन्दाको त्यही पहरो आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ । बिमलनगरमा रहेको चुन पहरोले गर्दा शाहसिक पर्यटकले भरिन थाले पछि त्यसको महत्व स्थानीयले बुभ्mन थालेका छन् । बिमल नगरमा यतिबेला शाहसिक पर्यटकले भरिएको छ ।
शाहसिक पर्यटकले भरिए पछि स्थानीय वासिन्दाको व्यापार फष्टाउँदै गएको छ । व्यापार बढे पछि स्थानीय पर्यटन व्यवसायीहरु उत्साहित हुन थालेका छन् । बिमलनगर स्थित चुन पहरोमा शाहसिक खेल ‘चट्टान आरोहण (रक क्यामिङ)’ गर्ने पर्यटकहरु बढ्न थालेका छन् । रक क्यामिङको सञ्चालन गर्दै आएको बिमलनगर सिद्व गुफा विकास समितिले यस खेलको प्रबद्धनका लागि रकक्यामिङ प्रतियोगिता समेत गर्न थाले पछि प्रसार÷प्रसारमा पनि बृद्धि भएको छ । प्रचार÷प्रसारमा बृद्धिसँगै विदेशी मात्रै नभई स्वदेशी आरोहीको भीड लाग्ने गरेको छ । नेपाल नेशनल माउन्टेन गाईड एशोसियशन काठमाडौंले २० जना शाहसिक पर्यटकलाई बिमलनगरमा प्रशिक्षण दिईरहेको छ । साता दिनको लागि सोमबार आएको टोलीले यतीबेला चुन पहरोमा प्रशिक्षण लिईरहेको छ । नेपाल नेशनल माउन्टेन गाईड एशोसियशनका रक क्लामिङका प्रशिक्षक नरबहादुर अस्तानी बिमलनगरको रक क्यामिङ नेपालकै सबैभन्दा उत्कृष्ट भएको बताउनुुहुन्छ । सिन्धुली जिल्लाको कपिलाकोट घर बताउनु हुने प्रशिक्षक अस्तानी रक क्यामिङको लागि भुगोल मिलेको र धेरै रुट भएकोले तालिम प्रदान गर्न सहज हुने बताउनुहुन्छ ।
प्रचार प्रसारमा बृद्वि र स्थानिय स्तरमै गाईडको व्यबस्था भएकाले खेल प्रति आर्कषण बढ्दा आरोहण गर्नेहरु बढ्न पुगेको समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठ अनुसार चट्टान आरोहरण गर्नेहरु सुरुमा विदेशीहरु बढी रहे पनि हाल नेपालीहरुको मन पनि जित्दै जान थालेकाले आरोहण गर्ने बढेका हुन् । हालसम्म २० हजार जनाले रकक्यामिङ गरेको समितिले जनाएको छ । अन्य ठाउँमा भन्दा विमलनगरमा आरोहण गर्दा बढी आनन्द मिलेको गोरखाको छेकाम्पर घर हुनु भएका २७ वर्षकी पूmन्जो जे लामाले बताउनु भयो । लामो रुट र लस्करै मिलेका हिम श्रङ्खला , नागवेली मर¥र्याङ्दी नदी र हरियाली फराकिलो फाँट भएकाले यहाँको आरोहण उत्कृष्ट भएको लामा बताउनु हुन्छ । महिलाहरु चुलो चौकामा सिमित हुनु हुँदैन र भविश्यमा यो खेलको प्रशिक्षक बन्ने उद्वेश्यले तालिम लिए पछि आरोहण गरेको लामाको भनाई छ । अमेरिकामा समेत बसोबास गर्दै आउनु भएकी लामा त्यहाँ कमाएको पैसा चट्टान आरोहणमा खर्च गरिरहेको बताउनु भयो । चट्टान आरोहणका प्रशिक्षक समेत रहनु भएका समिङ वाईवा विमलनगरमा आरोहण गर्दा स्वर्गिय आनन्द हुने बताउनु हुन्छ । नेपालको दोस्रो ठुलो रुट भएकोले यहाँको सम्भावना राम्रो भएको वाईबा बताउनुहुन्छ । चुनपहरामा खेलका लागि आउने बढेकाले व्यवशायमा बृद्वि हुँदा पर्यटन व्यवसायीहरु उत्साहित हुन पुगेको समितिले जनाएको छ ।
समितिका अनुसार स्थानीय स्तरबाट पूर्व मिस तनहुँ सुजना श्रेष्ठ र दीपक सुनारले रकक्यामिङका खेलाडीलाई प्रशिक्षण दिदैं आउनु भएको । यस्तै इन्द्र पाण्डे र सोनी गुरुङ र बिमला थापालाई तालिम दिई गाईड बनाएको छ । नयाँ खेलाडीलाई रक क्यामिङको लागि विमलनगरस्थित हेलेन एण्ड रकी होटलले तालिम पनि दिने गरेको छ । यस्तै तालिमको लागि प्रक्षिक दीपक सुनारले सिद्व गुफा एडभान्चर नेपाल सञ्चालनमा ल्याउनु भएको छ । बिमलनगरमा धेरै रुट , राम्रो रुट र सुरक्षित रुट पनि भएको सुनार बताउनुहुन्छ ।
पहिलो पटक २०६३ साल साउन ९ गते पदम घले ,सुनार गुरुङ र प्रेम गुरुङले चुन पहरोमा रक क्यामिङ गरेका थिए । यो खेलका पहिलो अन्तराष्ट्रिय गाईड गोरखाको इमान गुरुङको सम्झनामा चुन पहरोमा ७० मिटर लामो रुट बनाईएको समितिले जनाएको छ । समितिका अनुसार रक क्यामिङका लागि फ्रान्सका नागरीक हनेरी सिगरेले ७५ हजार मूल्य बराबरको सामग्री सहयोग गरे पछि समितिले ५० हजार रुपैयाँ सहयोग गरी तारबार र चट्टान आरोहण सम्म पुग्ने सिढीं बाटो बनाईएको छ । रुट बनाउन एनआईएम ,एनएमजिए र एनआईमे गरी तीन सस्थाले आर्थिक सहयोग गरेको समितिले जनाएको छ ।
विमलनगरकै दक्षिण एसियाकै ठुलो गुफाको अवलोकन र गुफा भित्र डोरीको सहायतामा हाम फाल्ने खेल ‘¥याफ्लिङ’ गर्नेहरु पनि बढेकाले एक वर्ष अघि देखि ‘बिमल नगर होमस्टे’ सञ्चालनमा ल्याईएको समितिले जनाएको छ । विमलनगरमा २५ देखि ७० मिटरका बिभिन्न १६ वटा रुट रहेका छन् । समितिले केही समय अघि इमान गुरुङ स्मृति रक क्यामिङ प्रतियोगिता गरेको थियो । बाँदर पनि लड्ने जस्तो पहरोको के काम भनेर सोच्नेहरु हाल त्यही पहरोमा रक क्लामिङको गर्नेको भिड बढे पछि दङ्ग परेका छन् । विमलनगरमा पहरोमा नेपाल प्रहरी , शसस्त्र प्रहरी पटक÷पटक विपत व्यवस्थापन लगायतको लागि कमाण्डो लगायतको साता व्यापी तालिम समेत सञ्चालन गर्दै आएको समितिले जनाएको छ । बिमलनगरमा पर्यटक बढेपछि गत वर्ष देखि बिमलनगर सामुदायिक होमस्टे पनि सञ्चालन गरिएको छ । पर्यटक बढ्दै गएकोले १२ घरबाट बढाएर २० घर पु¥याईएको बिमलनगर सामुदायिक होमस्टेकी अध्यक्ष सीता थापाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker