लुईंटेल स्कूलमा कलाकारहरु सहित बार्षिक उत्सव मनाईंदै


रविन्द्र कंडेल
फागुन ८, गोरखा ।
नेपालकै शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाउन सफल गोरखाको पालुङ्टार नगरपालिकामा रहेको अमर ज्योति मा. वि.को ५८ औं बार्षिक उत्सव फागुन ९ गतेका दिन हुँदैछ । नेपालको विभिन्न विधाका राष्ट्रिय हस्तीहरु उत्पादन गरेको लामो इतिहास बोकेको सो विद्यालय लुईंटेल स्कूलका नामले देशैभर परिचित छ । उक्त विद्यालयको बार्षिक उत्सव तथा अभिभावक समारोह प्रतिनिधी सभाका माननीय सभासद चुडामणि खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले बताउनुभयो । अध्यक्ष न्यौपानेका अनुसार विद्यालयमा पुरस्कार वितरण, सास्कृतिक कार्यक्रम, विद्यालयको प्रगति प्रतिवेदन सहित भव्य रुपमा समारोह सञ्चालन गर्न लागिएको हो । समारोहमा नेपालकै ख्यातिप्राप्त चर्चित कलाकारहरु शान्ता परियार, प्रदिप त्रिपाठी, दिपेन्द्र मल्ल ठकुरी लगायतकाको समेत प्रस्तुति हुनेछ भने विद्यालयका विद्यार्थीहरुको पनि विशेष प्रस्तुतिहरु प्रस्तुत गरिने कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले बताउनुभएको छ ।
तत्कालीन समयमा मिसन मार्फत सञ्चालन गरिएको सो विद्यालयबाट स्व. डा. उपेन्द्र देवकोटा, डा. बाबुराम भट्टराई समेतले एस एल सी पास गरेका थिए । उक्त विद्यालयबाट शिक्षा हासिल गरेका धेरै व्यक्तिहरु अहिले राष्ट्रको उच्च ओहोदामा रही सेवा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker