ट्राफिक नियम उल्लङ्घन गर्नेलाई प्रशिक्षण


अमरराज नहर्की
तनहुँ, फागुन ८ गते । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही स्वरुप जरिवाना गर्दै आएकोमा बुधबार भने तनहुँमा फरक तरिका अपनाईएको छ । नियम उल्लङ्घन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएको छ ।
जरिवाना गरिए पनि ट्राफिक नियम उल्लङ्घन घटनामा कमी नआएकोले न्यूनिकरण ल्याउन फरक तरिका अपनाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिनु भयो । डिएसपी अर्यालका अनुसार आईतबार राजमार्गका विभिन्न ठाउँहरुमा चेक प्वाईन्ट राखी अनुगमन गर्ने क्रममा नियम उल्लङ्घन गर्ने ३२ जनालाई प्रशिक्षण दिईएको हो । अनुगमनका क्रममा मादक पद्धार्थ सेवन गरी सवारी चलाउने , सवार धनी किताब तथा सवारी चालक अनुमती पत्र विना सवारी चलाउने लगायत ट्राफिक नियम उल्ल्लघन गर्ने सवारी चालकलाई प्रशिक्षण दिईएको हो ।
उल्लङ्घन कर्तालाई जिल्ला प्रहरी कार्यालयका डिएसी श्यामु अर्याल , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले सवारी ऐन , नियम तथा ट्राफिक नियम सम्बन्धि चेतना मुलक प्रशिक्षण दिनु भएको थियो । नियम विपरित सवारी चलाउने उपर नियम अनुसारको कारबाही गरिएको र नियन्त्रणमा लिईएका सवारी साधनहरु सम्बन्धित धनीलाई नै जिम्मा दिईएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा न्यूनिकरण तथा ट्राफिक नियम पालना गराउन प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी शिद्धीविक्रम शाहले जानकारी दिनु भयो । यस्ता प्रशिक्षण सवारी साधनको प्रयोगबाट हुने अपराधिक क्रियाकलापको रोकथाम एवं नियन्त्रणमा मद्धत पुग्ने विश्वास एसपी शाहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker