प्रहरी कार्यालय भवन टेकोको भरमा, प्रहरीलाई आफ्नै सुरक्षाको चिन्ता


अमरराज नहर्की
बन्दीपुर (तनहुँ),
। तनहुँको पर्यटकीय नगरी बन्दीपुर वजार स्थित इलाका प्रहरी कार्यालय बन्दीपुरको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु जोखिममा परेका छन् । जीर्ण भवनमा वसेर काम गर्नुपर्दा अरुको सुरक्षा गर्ने प्रहरीलाई आफ्नै सुरक्षाको चिन्ता हुन थालेको छ ।
सशस्त्र द्धन्दको समयमा नेपाल कम्प्युनिष्ट पाटी माओवादीले १५ वर्ष अघि कार्यालय भवनमा बम प्रहार गरेपछि कमजोर बनेको भवनको अभैm पुर्न निमार्ण हुन सकेको छैन । कमजोर बनेको भवन त्यस माथि २०७२ सालमा आएको भुकम्पले असर पर्दा जीर्ण बनेको छ । भवन जिर्ण भए पनि नयाँ निमार्ण तथा प्रवलीकरण गर्न नसक्दा कार्यरत प्रहरीलाई भवन भत्किएर जेपिने डर भएको इलाका प्रहरी कार्यालय बन्दीपुरका निमित्त प्रमुख झनकबहादुर महत बताउनुहुन्छ । महतका अनुसार कार्यालयमा ४ वटा कोठा रहेका छन् १४ जना प्रहरी कार्यरत छन् ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा चिरा चिरा परेको भवन भत्काई नयाँ आधुनिक भुकम्प प्रतिरोधी भवन बनाउन जरुरी रहेको बताउनुहुन्छ । ‘पर्यटक मैत्री , सेवाग्राही मैत्री , अपाङमैत्री भवन निमार्णको लागि प्रदेश सरकारसँग माग राखेका छौं चाँडै नै वजेट निकासा हुनेमा आशावादी छौं ’ गाउँपालिका अध्यक्ष थापा बताउनुहुन्छ । जीर्ण भवनका विभिन्न ठाउँमा भत्कन , चिरिन गई फलामको पोलले टेका दिई राखेको अवस्थाले कति बेला के हुने हो भनि त्रासमा बस्नु परेको सो कार्यालयमा कार्यरत प्रहरी जवान अमृता कवर मगरले गोरखापत्रलाई जानकारी दिनु भयो ।
यो प्रहरी कार्यालय क वर्गको बनाउनु पर्ने माग बन्दीपुर गाउँपालिकाले गरेको छ । पहाडकी रानी उपनामले प्रख्यात बन्दीपुरमा स्वदेशी गरी वार्षिक एक लाख भन्दा बढी पर्यटक आउने गरेको र पर्यटकको सुरक्षा अत्यन्त सम्वेदनशिल भएकोले स्तरउन्नती गर्नु जरुरी रहेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले जानकारी दिनु भयो । गाउँपालिका भित्र हरेका हरेक अपराधिक कार्यहरुको नियन्त्रण गर्नु जरुरी रहेको सन्र्दभमा उजुरी मुद्धा उपर तत्काल अनुसन्धान गरी कानुन बमोजिम आवश्यक कारबाही चलाउन माथिल्लो स्तरको प्रहरी कार्यालयलेबाट सहज हुने हुँदा स्तर उन्नतीको माग राखिएको प्रमुख प्रशासकिय अधिकृत लम्साल बताउनुुहुन्छ ।
यस प्रहरी कार्यालयको स्तरउन्नती गर्न तथा नयाँ भवन बनाउनको लागि पटक÷पटक आवाज उठाए माग पुरा नभएको सामुदायिक सेवा केन्द्र प्रहरी सेवा बन्दीपुरका अध्यक्ष गोर्बधन भट्टराई बताउनुहुन्छ । केन्द्रका अध्यक्ष भट्टराईको सक्रियतामा केही समय अघि एक लाख ५५ हजार रुपैयाँ चन्दा सङ्कलन गरि खड्गदेवि पूजा समितिको जग्गा सामुदायिक प्रहरी चौकीले एक रोपनी जग्गा खरीद गरेको थियो । त्यस अघि कार्यालयको १५ आना मात्रै जग्गा रहेको थियो । खरीद गरिएको उक्त जग्गा प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको थियो । माथिल्लो स्तरको नहुँदा न्याय दिन ढिलो हुने हुँदा तत्कालै स्तरउन्नती गर्नु पर्ने अध्यक्ष भट्टराई बताउनुहुन्छ । आवश्यक परेको अवस्थामा नेपाल प्रहरीका आईजीपीलाई जीर्ण भवन देखाई नयाँ निमार्ण गर्न तथा स्तर उन्नती गर्न माग राखिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुरमा नायव प्रहरी निरीक्षक रहने ‘ख’ वर्गको कार्यालय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker