साविक उमावि शिक्षकहरूको पक्षमा लडछु – प्रचण्ड

रविन्द्र कंडेल, फागुन ३, काठमाडौं ।

साविक उच्च मा वि तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरू काे संगठन माध्यमिक विद्यालय शिक्षक एसाेसियसन नेपाल र नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन एकिकरण भई बनेकाे माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल HISTUN काे प्रथम राष्ट्रिय भेलालाई सम्बाेधन गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मागहरू पूरा गराउन कटिबद्ध हुने बताउनुभयाे ।

महेन्द्र पुलिस क्लबकाे सभाहल मा भएकाे कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले हिस्टुनले राखेका मागहरू जाहेज भएकाे र अाफुपनि शिक्षक भएरै अाएका कारण मर्का बुझेकाे बताउनुभयाे । साेही क्रममा बाेल्दै उहांले काम गर्न त्यति सहज नभएको तर अाफुले जिकिर गरेकाे खण्डमा पास गराउन सक्ने भन्दै अाफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले माग पूरा गराउनका लागी प्रधानमन्त्री तथा शिक्षामन्त्री लगायत सम्बन्धित सराेकारवालाहरूसंग समन्वय गरी माग सम्बाेधन गराउने बताउनुभयो ।

हिस्टुनका अध्यक्ष पुष्प राज न्याैपानेकाे  अध्यक्षतामा सम्पन्न सम्पन्न भएकाे थियो ।  अध्यक्ष पुष्पराज न्याैपानेले संागठनिक गतिविधिकाे प्रतिबेदन समेत प्रस्तुत गर्नुभएको थियाे । हिस्टुनका बरिष्ट उपाध्यक्ष ऋषिराम कंडेलले धन्यवाद ज्ञापन प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा पुर्व शिक्षामन्त्री धनीराम पाैडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरूराज घिमिरे, निबर्तमान अध्यक्ष दिपकराज सुवेदी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी , शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, पुर्व अध्यक्ष चन्द्र ढकाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम हिस्टुनका महासचिव बिक्रम पाेखरेलले सञ्चालन गर्नुभएको थियोे ।

शिक्षा एेन २०४६ बमोजिम २०४९ सालमा ३८ वटा बिद्यालय लाई अस्थायी सम्बन्धन दिएर तथा ती ती बिद्यालयहरूमा करिब १३३८ बिद्यार्थीहरू भर्ना गरेर अध्ययन अध्यापन कार्य शुरू गरिएकाे यस तहमा हाल बिद्यालयकाे संख्या ४१५९ र सामुदायिक उच्च मा वि हरू ३४०० भन्दा बढि पुगेकाे छ । जसमा ७ लाख २ हजार २५७ बिद्यार्थीहरू नियमित रूपमा अध्ययन गरिरहेका छन् । अागामी परीक्षामा कक्षा ११ र १२ बाट १२ लाख ४८ हजार ८२४ जना बिद्यार्थीहरू परीक्षामा सहभागी हुंदैछन । हालसम्म यस तहमा स्थायी शिक्षकहरू छैनन् । यस अघि प्रदान गरिएको ४००० काेटालाई दरबन्दीमा परिणत गर्नुपर्ने, साविक उमावि तहमा कार्यरत शिक्षकलाई बिशेश अान्तरिक प्रतिस्पर्धा बाट मा वि दित्तीय श्रेणीमा स्थायी गराउनुपर्ने, अस्थायी अध्यापन अनुमतिप्राप्त शिक्षकहरूलाई स्थायी गरिनुपर्ने लगायतका मागहरूसहित हिस्टुन अान्दाेलनरत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker