कक्षा ११, १२ मा अध्यापनरत शिक्षकहरू अान्दाेलनकाे लागि तयार रहनुस ।

रविन्द्र कंडेल

काठमाडौ , २ फागुन ।

साविक उच्च मा वि तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरू काे संगठन माध्यमिक विद्यालय शिक्षक एसाेसियसन नेपाल र नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन एकिकरण भई बनेकाे माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल HISTUN काे केन्द्रीय कार्यसमितिकाे प्रथम पूर्ण बैठक अाज काठमाडौंमा सम्पन्न भएकाे छ ।

एकतापछिकाे पहिलाे बैठकमा हालसम्म भएका गतिविधिहरूकाे प्रदेश संयाेजकहरूबाट रिपोर्टिङ गरिएकाे थियोे । साे क्रममा शिक्षकहरूको पेशागत स्थायित्व र ग्यारेन्टी का लागी जस्तोसुकै अान्दाेलनमा जान सबै शिक्षकहरूलाई तयार रहन अाग्रह गर्नुभयाे । अध्यक्ष ज्ञान प्रसाद भट्टराईकाे अध्यक्षतामा सम्पन्न बैठककाे सञ्चालन महासचिव बिक्रम पाेखरेलले गर्नुभएको थियोे ।

शिक्षा एेन २०४६ बमोजिम २०४९ सालमा ३८ वटा बिद्यालय लाई अस्थायी सम्बन्धन दिएर तथा ती ती बिद्यालयहरूमा करिब १३३८ बिद्यार्थीहरू भर्ना गरेर अध्ययन अध्यापन कार्य शुरू गरिएकाे यस तहमा हाल बिद्यालयकाे संख्या ४१५९ र सामुदायिक उच्च मा वि हरू ३४०० भन्दा बढि पुगेकाे छ । जसमा ७ लाख २ हजार २५७ बिद्यार्थीहरू नियमित रूपमा अध्ययन गरिरहेका छन् ।

अागामी परीक्षामा कक्षा ११ र १२ बाट १२ लाख ४८ हजार ८२४ जना बिद्यार्थीहरू परीक्षामा सहभागी हुंदैछन । हालसम्म यस तहमा स्थायी शिक्षकहरू छैनन् । यस अघि प्रदान गरिएको ४००० काेटालाई दरबन्दीमा परिणत गर्नुपर्ने, साविक उमावि तहमा कार्यरत शिक्षकलाई बिशेश अान्तरिक प्रतिस्पर्धा बाट मा वि दित्तीय श्रेणीमा स्थायी गराउनुपर्ने, अस्थायी अध्यापन अनुमतिप्राप्त शिक्षकहरूलाई स्थायी गरिनुपर्ने लगायतका मागहरूसहित हिस्टुन अान्दाेलनरत छ ।

हिस्टुन काे पहिलाे राष्ट्रिय भेला भाेली प्रथम राष्ट्रिय भेला महेन्द्र पुलिस क्लबकाे हलमा पूर्व प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काे प्रमुख अातिथ्यतामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker