चामपानी खानेपानी आयोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न


रविन्द्र कंडेल, माघ २९, गोरखा
पालुङटार नगरपालिका वडा नं.७ मा सञ्चालित चामपानी खानेपानी आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम च्याङ््लीको डोडीपिपलमा सम्पन्न भएको छ । गत पौष महिनादेखि काम शुरु भएको सो आयोजनाबाट वडा नं.७ का १०४ घरधुरी संख्या लाभान्वित हुनेछन्् ।
वडा नं. ७ मा खानेपानीको अभाव हटाउने उद्धेश्यका साथ शुरु गरिएकोे आयोजनाका लागी केयर नेपाल, स्वाँरा सघन, सेभ द चिल्ड्रेन, पालुङ््टार नगरपालिका लगायतका संघसंस्थाहरुले सहयोग गरिरहेका छन्् ।
कूल ५३ लाख २२ हजार ५२३ रुपैयाँको लागतमा सम्पन्न हुने सो आयोजनाको हालसम्म मुहान देखि रिजर्व ट््याँकी सम्मकोे काम सम्पन्न भएको छ । आयोजनाका अध्यक्ष कृष्णजी श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म भएका कार्यप्रगतिको विवरण प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker