जापानी विद्यार्थीहरुको संस्था किभो को टोली बालकल्याणमा विद्यार्थीहरूसंग रमाउँदै


रविन्द्र कंडेल, माघ २९, गोरखा ।
जापानी विद्यार्थीहरुको संस्था किभोको एक टोली पालुङ््टार नगरपालिका वडा नं. ७ स्थित बालकल्याण आधारभूत विद्यालयमा आइपुगेको छ । हरेक वर्ष जस्तै गरी यस वर्ष पनि किभो को टोलीले करीब १ महिना लामो बसाइका क्रममा विभिन्न विद्यालयहरुमा सहयोग गर्नेछ ।
विद्यालयहरुमा देखिएका विविध समस्याहरुको समाधान गर्दै उनीहरुको पठन पाठनमा सहयोग पुर््याउने लक्ष्यका साथ सन्् २००९ देखि सो संस्थाले हालसम्म निरन्तर रुपमा यस नगरपालिका भित्रका विद्यालयहरुमा सहयोग गरिरहेको छ । यति लामो समयसम्म सहयोग गर्दा समेत यस संस्था र यसका कामका बारेमा हालसम्म बिरलै मात्र समाचार बनेको संस्थाका संयोजक शुशिल पन्तले बताउनुभयो । प्रचारमा भन्दा काममा आफूले जोड दिएका कारण पनि हालसम्म खासै समाचार नबनेको बताउनुहुन्छ संयोजक पन्त । यस बर्षको कार्यक्रम अन्तर्गत करीब १ महिना पालुङ््टार बसाइका क्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुसंग अन्तरक्रिया गर्ने, यस अघि निर्माण गरिदिएका विद्यालयहरुका पुस्तकालय सुधार गर्ने र लगायत केही डोनेसनका कामहरु ग्र्ने यस वर्षको किभो लिडर रेना कानोवा ले बताइन ।
यस अघि सन्् २००९ देखि हालसम्म किभोले नगरपालिका भित्रका रजगरे मा.वि., बालकल्याण आधारभूत विद्यालय, त्रिबेणी मा.वि., जीवन ज्योति मा.वि., धर्मोदय मा.वि, लक्ष्मी मा.वि., मडने डाँडा मा.वि. लगायतका विद्यालयहरुमा भवन निर्माण, पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माण, डेस्क बेञ्च तथा शैक्षिक सामग्री वितरण लगायतका कामहरु गर्दै र ती कामहरुलाई निरन्तरता दिंदै आएको छ ।
लामो समयदेखि पर्यटन, विद्यालय, सामाजिक संघसंंस्थामा संलग्न रहँदै आउनुभएका यस संस्थाका संस्थापक पन्तले EON नेपालको सहायता मार्फत हालसालै कमलटार सहरी स्वास्थ्य केन्द्रमा ठूलो योगदान पुर््याउनुुभएको छ । जसमा विदेशी स्वास्थ्यकर्मीहरु बाट समेत स्वास्थ्य जाँच गरिन्छ ।
निज पन्तको व्यक्तिगत पहलमा २००० भन्दा बढी विदेशी पर्यटक आगमन भैसकेको छ । जसले आन्तरिक पर्यटनमा ठूलो टेवा पुगेको छ । पर्यटन विकासमा उहाँले गर्नुभएको योगदानको कदर एवं सम्मानका साथ यसरी नै अरुले पनि पहल गरेमा नेपालकै पर्यटन व्यवसाय फस्टाउन मद््दत पुग्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker