आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव २ दिन थप ।। माघ २९ गते समापनको दिन ज्योती मगरको प्रस्तुती रहने ।।

आँबुखैरेनी, २६ माघ । गत माघ १७ गतेबाट सुरु भएको आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव २ दिन थप गरिएको छ । गत माघ २४ गते बिहीबारका दिन दिनभर परेको वर्षाले गर्दा महोत्सव स्थगित गुर्नपरेको र दर्शक, व्यापारी तथा कलाकारहरुको मागका कारण महोत्सव २ दिन थप गरिएको आयोजक नेपाल आदीबासी जनजाती महासंघ आँबुखैरेनी गाउँ समन्व्य परिषद आँबुखैरेनीले जनाएको छ । थपिएको २ दिन अर्थात माघ २९ गते सम्म चल्ने महोत्सवमा पनि दर्शकहरुको उत्साजनक सहभागिता रहनेमा पूर्ण विश्वस्त रहेको महोत्सवका प्रवक्ता मिलन भूजेलले बताउनुभएको छ । माघ २९ गते चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती सहित महोत्सवको समापन गरिने उहाँले बताउनुभएको छ । महोत्सवमा शनिबार मात्रैं झण्डैं २० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ । यस्तै, माघ २७ गते आईतबार लोकदोहोरी गायक नविन पौडेल, गायिका सुबोद्रा श्रेष्ठ, गायक अनुराग थापा, गायक किरण भूजेल, स्थानीय लोकदोहोरी गायक पृथ्वी गुरुङ्ग, चन्द्र परियार र हास्यकलाकार धावा लामा लगाएतकाले प्रस्तुती दिनुहुने कार्यक्रम रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker