आफ्नै भाईको हत्या गरी ईनारमा लास लुकाउने ३ जना पक्राउ

माघ २३, तनहुँ ।

तनहुँकाे भानु ९ का ३ जनालाइ अाफ्नै भाइकेा हत्या गरी इनारमा फालेकाे अाराेपमा पक्राउ गरेकेा छ । जिल्ला प्रहरी कायार्लय तनहुँका अनुसार माघ २१ गते दिउसो जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ९ काउरेटारमा रहेको राम प्रसाद हड्खलेको बारीमा सिंञ्चाईको लागि खनेको ईनार भित्र पुरुष ब्यक्तिको लास सडीगली दुर्घन्धित अबस्थामा फेला परेको जानकारी प्राप्त भएपछी साे स्थानमा पुगी लास निकाल्दा उक्त लास साेही स्थान वस्ने बर्ष ३२ को राजु बि.क. रहेको जनाएकाे छ । जिल्ला प्रहरी कायार्लयका अनुसार निजलाइ गत मंसीर १२ गते राती कुटपिट गरी मारेर इनारमा फालेकाे अनुसन्धानबाट खुलेकाे छ । निजलाइ निजकै दिदि मन कुमारी बि.क.  समेतकाे संंलग्नतामा दाइ अायुष बि.क. र मनमाया बि.क. ले चिरपट तथा दाउराले हानेर नाम्लाेले घाँटीमा बाँधी मारेकाे खुल्न अाएकाे छ । घटनामा संलग्न ३  जनालाइ हाल जिल्ला प्रहरी कायार्लय तनहुँले नियन्त्रणामा लिइ अनुसन्धान भइरहेकेा जनाइएकाे छ । प्रारम्भिक अनुसन्धानअनुसार बि.क. लाइ कुटपिटपश्चात मारेपछि तत्कालै छिमेकि हडखलेकाे बारीमा रहेकाे इनारमा लगी फालेकाे जनाइएकाे छ । निजहरूलाइ तनहूँ जिल्ला अदातलमा उपस्थित गराई म्यादथप अनुमति लिई थप अनुसन्धान भै रहेको प्रहरीले जनाएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker