पालुङटारकाे अाकाशमा उडयाे प्याराग्लाइडिङ

पालुङटारमा महाेत्सवमा प्याराग्लाइडिङ ल्याउने तयारीका लागी परीक्षण उडानका क्रममा सफल उडान गरिएकाे छ । पालुन्टारकाे अाकाशमा हालैमात्र सफल उडान गर्ने नेपाली पाइलट पालुण्टार निवासी निस्सिम थापा मगर र पाेखराका प्रवीन केसी रहेका छन् । लिगलिगबाट उडेर उनीहरु त्यसभन्दा माथि थप 2000 मिटर उचाइमा पुगी एकघण्टा भन्दा बढी अाकाशमा उडेका थिए । याै कुनै इन्जिनबाट चल्ने नभई हातबाटै नियन्त्रण गर्नु पर्ने भएकाेले उडेकाे स्थानकाे उचाइभन्दा माथि जानु धेरै कठिन हुन्छ । पाइलट निस्सिम थापा मगरले यस अगाडि केही प्रि वर्ल्डकपहरुमा भाग लिइसकेका छन भने इन्डाेनेशियामा सम्पन्न एसियन कपमा उनी संलग्न नेपाली टिमले तेस्राे स्थान हासिल गरेकाे छ् भने उनले पाेखरा बाट उडेरै काठमान्डु ,200कि मि करिब 3घण्टामा पुगी पहिलाे पल्ट विश्व रेकर्ड बनाएका छन्। हालै मात्र उनी काेरियाकाे गाेचाङमा प्रि वर्ल्डकपमा भाग लिई फर्केका हुन् । र उनी solo cross country flight मा करिब 4000 मिटर अर्थात् झण्डै 14,15 हजार, फिट माथि अाकाशमा कैयन घण्टासम्म उ्डन सक्छन् ।  उनी नेपालका पाइलटहरू मध्ये top 10 भित्र पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker