पढाइ खर्च जुटाउन च्याउ खेती, व्यवसायिक बन्न प्रयास गर्दै विद्यार्थी


रविन्द्र कंडेल,
आँबु १ तनहूँ स्थित मित्रता मा.वि. का विद्यार्थीहरुले पढाई खर्च जुटाउन च्याउ खेती गरेका छन ।
विद्यालयमा यसै वर्षदेखि डिप्लोमा इन एग्रीकल्चर विषयको पठन पाठन शुरु भएपछि एग्रीकल्चर पढने विद्यार्थीहरुलाई व्यवसायिक बनाउन अहिलेदेखि नै पहल गर्नुपर्छ भनी च्याउखेतीको योजना ल्याएको विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारी बताउनुहुन्छ । अहिलेको अवस्थामा विद्यार्थीहरु शिक्षा हासिल गरिसकेपछि स्वरोजगार बन्नुभन्दा पनि विदेश पलायन हुने परम्परा भइरहेकोले सो परम्परा तोडनको लागी समेत आफूले यस्तो योजना ल्याएको प्र. अ. अधिकारी बताउनुहुन्छ ।

च्याउ खेती कसरी गर्ने त ? च्याउ खेती गर्ने प्रक्रियाका बारेमा बताउँदै छात्रा रेश्मा भट्टराइ त्यति सजिलाे नभएकाे बताउँछिन । काम अहिले केही गाह्राे भएपनि यसबाट अाम्दानी भएपछि हामीलाइ पढाइ खर्चमा सहज हुन्छ भन्छिन उनी । 
त्यस्तै गरी च्याउ खेतीबाट भएको आम्दानी आफ्नै पढाईमा खर्च गर्ने बताउँछन अर्का छात्र सञ्जोग महत । उनका अनुसार करीब च्याउ विक्रीबाट १ लाख बचत हुनेछ । सो रकम उनीहरुले आफ्नो कक्षामा अध्ययनरत साथीहरुको बीचमा बाँडेर पढाइमा खर्च गर्ने योजना रहेको बताए ।

एग्रीकल्चर विषय लिएर पढेपछि व्यवसायिक बन्न र आगामी दिनमा आत्म निर्भर बन्न यो च्याउ खेतीले महत्वपूर्ण हुने विद्यार्थीहरु बताउँछन् । यसरी नै पठनपाठनको विषयवस्तुमा भन्दा पनि विद्यार्थीहरुलाई व्यवसायमुखी बनाउने किसिमले सवै शैक्षिक संस्थाहरुले योजना बनाई अघि बढेमा पक्कै पनि बेरोजगार समस्या हल हुनुका साथै विदेश जाने परम्परा पनि रोकिन्थ्यो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker