आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवमा च्याङलीकाे भजन, स्टल अगाडी ४५० ग्राहकलाइ १२००

माघ २१,

आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु दर्शकको मुख्य आकर्षण बनेको छ । ंविभिन्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, नृत्य प्रतियोगिता, हास्य ब्याङ्ग, कौरा नृत्य लगाएतका कारण महोत्सव स्थलमा दिन प्रतिदिन दर्शकहरुको चाप बढ्दै गएको हो । दर्शकहरुले बढी रुचाईएका चर्चित पप गायक कमल खत्री, सुनिल गिरी, लोकदोहोरी गायक पशुपति शर्मा लगाएतका कलाकारहरुको प्रस्तुतीका कारण महोत्सवको रौनक झन बढेको महोत्सवका प्रवक्ता मिलन भुजेलले बताउनुभएको छ । कारोबारको हिसाबले महोत्सवमा आर्थिक कारोबार हिजो अस्तीको तुलनामा आज कम भए पनि दर्शकको चाप बढ्नु महोत्सवको सफल पक्ष मानिएको महोत्सवका प्रवक्ता भूजेलले बताउनुभएको छ । यस्तै, आज मात्रै ५ हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको आयोजक नेपाल आदीबासी जनाजती महासंघ आँबुखैरेनी गाउँ समन्व्य परिषदले जनाएको छ । यसैगरी, भोलि महोत्सवमा काउली बुढीको नामले परिचित सन्ध्या बुढा र चर्चित गायिका सहिमा श्रेष्ठले प्रस्तुती दिनुहुने बताईएको छ । 
साे  महोत्सवमा अाज पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीका भजन मण्डलीले भजन प्रस्तुत गर्दा दर्शकहरु मनमोहक भएका थिए । महोत्सवमा भजन प्रतियोगिता अन्तर्गत गोरखा, तनहुँ र चितवनबाट १, १ समूहको सहभागिता रहेको साँस्कृतिक झाँकी व्यवस्थापन संयोजक श्रीराम भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार भजन मा प्रथम हुनेलाई नगद रु. ५०००, द्धितीय हुनेलाई नगद रु.३,००० र तृतीय हुनेलाई नगद रु.२,००० प्रदान गरिने छ ।
भजन हेरेपछि अत्यन्त उत्कृष्ट रहेको र यसले हाम्रो परम्परा जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने दर्शकहरुले बताएका थिए ।
महोत्सवमा विभिन्न जातजातीका रितिरिवाज झल्कने घरहरु निर्माण गरिएको छ । त्यतिमात्र नभई बालउद्यान, विभिन्न मनोरञ्जनका साधनहरु, कपडा, भाँडाकुँडा, अटो, लगायतका स्टलहरु रहेका छन् । ती स्टलहरुमा स्टल पिच्छे सामानको भाउ फरक भएको एक अवलोकनकर्ताले बताए । एउटै सामानको मूल्य एक स्टल र अर्को स्टलमा १०० रुपैयाँ देखि ५०० रुपैयाँसम्म फरक परेको अवलोकनकर्ताहरुको गुनासो छ । यसप्रति पनि आयोजकले चासो दिनुपर्ने अवलोकनकर्ताहरु बताउँछन ।
एक स्टलमा त रु.४५० लेखेर व्यानर राखेको देखिन्छ तर सामानको मूल्य भने १२०० रुपैयाँ वा सो भन्दा बढी भन्ने गरेको देख्दा अति नै लापरवाही भएको र कुनै पनि नियमनकारी निकायको त्यतातर्फ ध्यान नपुगेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker