च्याङ्लीमा शिवरात्री मेला २०७५ हुने, आगामी वर्षदेखि शिवरात्री महोत्सव गरिने ।

रविन्द्र कंडेल

पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेको मंगलेश्वर महादेव मन्दिरमा आगामी फागुन २० गते शिवरात्रीका दिन बिशेष शिवरात्री मेला लाग्ने भएको छ । नेपालको धार्मिक इतिहास बोकेको मन्दिरहरु मध्ये च्याङली स्थित खोलाघाटमा रहेको सो मन्दिरको प्रचार प्रसार एवं संरक्षणको लागी कार्यक्रम गर्न लागिएको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि सो स्थानमा विविध साँस्कृतिक कार्यक्रमहरुसहित मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका अध्यक्ष रामकृष्ण भण्डारीले बताउनुभयो । २०५२ सालअघि सो स्थानमा ३, ४ दिनसम्म मेला लाग्ने र २०५२ सालपछि विस्तारै देशको राजनितीक परिवेश संगै सुस्ताउँदै गएकोमा स्थानीयहरु यसलाई पुरानै विरासतमा फर्काउनुपर्छ भन्नेमा लागी परेका छन् । त्यसको लागी आगामी वर्षदेखि शिवरात्री को अवसर पारेर शिवरात्री महोत्सव सञ्चालन गर्नुपर्ने स्थानीयहरु बताउँछन् । यस वर्ष भने मन्दिर निर्माण कार्य सञ्चालन भइरहेको हुँदा महोत्सवको रुपमा सञ्चालन गर्न गाह्रो भएकोले शिवरात्री विशेष कार्यक्रमलाई व्यवस्थित गरिने जनाइएको छ । कार्यक्रमको संयोजन गर्ने जिम्मा गोरखा संसार मिडिया प्रा.लि.लाई दिइएको छ । मिडियाका अनुसार शिवरात्री का दिन विहान देखि भजन किर्तन, दिउँसो साँस्कृतिक कार्यक्रम सहित राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने र पुन रातभर विभिन्न स्थानहरुका भजन मण्डलीहरुद्धारा भजन किर्तन गरी राती बत्ती बाल्दै जाग्राम वस्नेहरुका लागी सहयोग गरिने छ । कार्यक्रमका लागी लाग्ने आवश्यक खर्चको लागी विभिन्न संघसंस्थाहरु संग समन्वय गरिरहेको मिडियाका रविन्द्र कंडेलले बताउनुभयो । कंडेलका अनुसार यस वर्ष करीब १५ वटा स्टलहरु राखिनेछन । एक दिन मात्रै भएपनि केहि स्टलहरु राखिने जसमा स्थानीय स्तरका उत्पादनहरुलाई प्राथमिकता दिइनेछ भने अन्य व्यापारिक संघ संस्था तथा वित्तीय संघसंस्थाले पनि स्टल राख्न चाहेमा पाउनेछन् । कार्यक्रमको दौरानमा उठेको सहयोग बाट बचेको रकम मन्दिर व्यवस्थित गरी यसको प्रचार प्रसार एवं प्रवद्र्धनमा खर्च गरिनुका साथै अन्य सामाजिक क्षेत्रका विकासका कामका खर्च गरिनेछ । स्टल राख्न तथा कार्यक्रमको लागी प्रायोजन लगायत अन्य सहयोग गर्न चाहेमा मन्दिर व्यवस्थापन समिति वा गोरखा संसार मिडिया प्रा.लि. मार्फत सम्पर्क गर्न सकिनेछ । कार्यक्रमसम्बन्धी विस्तृत विवरण www.gorkhasansar.com मा गएर पनि हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker