नेपाल हर्बल तथा हर्बल उत्पादक संघ प्रदेश दुई को भेला सम्पन्न !

माघ १९ शनिवार
सर्लाही
नेपाल हर्बल तथा हर्बल उत्पादक संघ प्रदेश दुई को भेला सर्लाहि को नवलपुर मा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ !
संघ का अध्यक्ष सरोज कोईराला को अध्यक्षता एवम केन्द्रिय सदस्य काशिनाथ पौडेल को प्रमुख आतिथ्यता मा भएको भेला ले कोईराला सभापती रहेको ११सदस्य प्रदेश स्तरिय कमिटी गठन गरेको छ !
गठित कमिटी को उपसभापती मा सुरेश चौधरी ,सचिब मा आत्माराम राय ,सह सचिब मा माहलक्ष्मी कुमारी सिंह ,कोषाध्यक्ष श्यामदेबी झा लगायत अन्य सदस्री चयन भएको संघ ले जनाएको छ !
त्यस्तै आजै को भेला ले प्रदेश दुई शाखा माघ मसान्त भित्र दर्ता गर्ने दर्ता को लागि सभापती सरोज कोईराला ,सचिब आत्माराम राय लाई अधिकारी दिने ,प्रदेश दुई भित्र का हर्बल उत्पादक हरु को तथ्याङ संकलन गरि संघ मा आबद्धता को लागि पहल गर्ने ,जडिबुडी तथा हर्बल को बारे मा जानकारी गराउने उदेश्य ले कृषि तथा उधोग मन्त्री समक्ष ज्ञापन पत्र बुझाउन को लागि डेलिगेसन जाने लगायत निर्णय गरिएको संघ का प्रदेश सचिब आत्माराम राय ले जानकारी दिनु भयो !
त्यस्तै भेला ले केन्द्रिय सद्स्य काशिनाथ पौडेल संयोजक रहेको तीन सद्स्य सल्लाहकार समिती समेत चयन गरिएको छ ,सल्लाहाकार समिती का अन्य सदस्य मा सरस्वती देबि र छ्ठु चौधरी रहेको बताईएको छ !त्यस्तै केही अबधी को लागि नवनिर्बाचित उपसभापती सुरेश चौधरी लाई कार्यबाहक सभापती को जिम्बेबारी दिने निर्णय गरिएको सभापती सरोज कोईराला ले बताउनु भयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker