बृहत शिवरात्री मेला २०७५ का लागी प्रस्तावना, सहयाेगकाे लागी अाव्हान

                                        बृहत शिवरात्री मेला २०७५
मितिः २०७५।११।२०

स्थानः पालुङ्टार नगरपालिका वडा नं. ७,
च्याङ्ली, खोलाघाट,गोरखा ।

प्रस्तावना

पालुङटार नगरपालिकाको वडा नं. ७ (साविक च्याङ्ली गा.वि.स.) को आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । यस च्याङ्ली गा.वि.स.को नाम कसरी रहन गयो भन्ने बारेमा धेरै किंवदन्तीहरु पाइन्छन । एक किंवदन्ती अनुसार यस गा.वि.स.मा शुरुमा नेवारहरुको वस्ती र बाहुल्यता रहेको अनुमान गरिन्छ किनभने शुरुमा यसको नाम लेख्दा च्याङ्गलिङ्ग लेखिन्थ्यो । नेवारी भाषामा च्यागु को अर्थ आठ र लिङ्ग को अर्थ मूर्ति वा लिङ्गो हुन्छ । यस गा.वि.स.को साविक वडा नं. ५ मा पर्ने एक डाँडाको कोटमा आठओटा लिङ्गो गाडी मूर्तिको पूजा गर्ने परम्परा थियो । त्यसैले समय वित्दै जाँदा च्यागुलिङ्ग बाट अपभ्रंस हुँदै च्याङ्ली भएको अनुमान गर्न सकिन्छ । अर्को किंवदन्ती अनुसार यस ठाँउमा पहिले एकदमै च्याउ पाइने गर्दथ्यो जसको कारणले च्याउको नामबाट नै यस गा.वि.स.को नाम च्याङ्ली रहन गएको हो भन्ने जनविश्वास रहिआएको छ ।
देशमा भएको परिवर्तन र संघयीताको कार्यान्वयनका क्रममा साविकको च्याङ्ली गा.वि.स.का साविकका वडा नं. १, २ र ३ हालको नगरपालिकाको वडा नं. ६ मा गाभिएको छ भने बाँकी वडा नं. ७ को रुपमा रहेको छ ।
यही जिल्लाको दक्षिण पश्चिमी भागमा रहेको साविकको गा.वि.स. च्याङली हो, जुन अहिले पालुङटार नगरपालिकाको वडा नं. ७ र केही भू भाग वडा नं. ६ मा पर्दछ । यस गा.वि.स २८० ०’ २५” उत्तरी अक्षांश देखि २८० ०’ २५” उत्तरी अक्षांशसम्म र ८४०२८’ २५” पूर्वी देशान्तर देखि ८४०२८’ ३०” पूर्वी देशान्तर सम्म फैलिएको छ । यस गा.वि.स. समुन्द्र सतहवाट लगभग ५०० मिटरदेखि १००० मिटरसम्मको उचाइमा रहेको पाइन्छ । गोरखा जिल्ला अन्तर्गत पर्ने च्याङली गा.वि.स.को उत्तरमा साविक गाइखुर गा.वि.स (हाल पानपा वडा नं. ६), पूर्वमा साविक धुवाँकोट गा.वि.स. (हाल पानपा वडा नं. ८) र पश्चिम र दक्षिणमा मस्र्याङदी नदीले घेरिएको छ । मस्र्याङदी नदी किनारामा रहेको यस गा.वि.स. गोरखा जिल्लामा रहेका पालुङटार, गाइखुरटार, छेवेटार आदी टारहरुमध्येको सवैभन्दा ठूलो टारहरुमध्ये सवैभन्दा ठूलो टारका नामले चिनिने च्याङलीटार नै यसको खास पहिचान हो । करीव २९.६८ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यस गा.वि.स. सानो भएतापनि भौगोलिक र प्राकृतिक विविधलताले भरिपूर्ण छ ।
शिवरात्री पर्वका अवसरमा धेरै वर्ष पहिले यस वडाको खोलाघाटमा रहेको मंगलेश्वर महादेव मन्दिरमा धेरै दिनसम्म मेला लाग्ने र हाटबजार समेत वस्ने परम्परा रहेको थियो । तत्कालीन समयमा स्थानीयहरुका लागी आवश्यक पर्ने सामग्रीहरु सोही स्थानबाट किनबेच हुने गर्दथ्यो किनकी त्यतिबेला बजार टाढा टाढा रहेको थियो । अन्यत्रबाट व्यापारीहरु आई सामग्रीहरु बेच्ने गर्थे भने स्थानीय स्तरमा उत्पादित उखु, भटमास, मास आदिको व्यापार समेत गर्ने गरिन्थ्यो । देशको राजनितिक परिवर्तनसंगै मेला पर्वमा कमी हुँदै आएको र हालको अवस्थामा यस स्थानको प्रचार प्रसार तथा नयाँ सम्भावनाहरुको खोजी गर्दै यस क्षेत्रको आर्थिक, सामाजिक, धर्म संस्कृति, रहन सहन तथा गतिबिधीलाई अगाडी बढाउने हेतुले बृहत शिवरात्री मेला २०७५ को आयोजना गर्न लागिएको छ ।

आयोजक
पालुङटार नगरपालिकाको वडा नं. ७ को कार्यालय
च्याङ्ली, गोरखा ।

मुख्य सहयोगी
पालुङटार नगरपालिकाकोे कार्यालय
ठाँटीपोखरी, गोरखा ।
कामधेनु गाई फार्म, पा.न.पा. ७, च्याङ्ली, गोरखा ।
मंगलेश्वर मन्दिर व्यवस्थापन समिति, पा.न.पा. ७, च्याङ्ली, गोरखा ।
खोलाघाट भट्टफाँट टोलविकास संस्था, पा.न.पा. ७, च्याङ्ली, गोरखा ।
रियल सनस्टार युवा क्लब, पा.न.पा. ७, च्याङ्ली, गोरखा ।
कालिका महिला समूह, पा.न.पा. ७, च्याङ्ली, गोरखा ।

संयोजन
गोरखा संसार मिडिया प्रा.लि।९धधध।नयचपजबकबलकबच।अयm०
सचिवालय
पालुङटार नगरपालिकाको वडा नं. ७ च्याङ्ली, गोरखा ।

कार्यक्रम अवधि

२०७५ साल फागुन २० गते विहान देखि फागुन २१ गतेसम्म
(व्यापारिक स्टलहरु १९ गतेदेखि शुरु हुने, कम्तीमा १५ वटा स्टलहरु रहने )

कार्यक्रमहरु ः

२०७५ साल फागुन २० विहान ६ बजेदेखि दिनको १२ वजेसम्म भजन किर्तन
दिनको १२ बजेदेखि ५ बजेसम्म स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती
साँझको ६ बजेदेखि रातको ८ बजेसम्म भजन किर्तन
साँझको ८ बजेदेखि रात भर विविध मनोरञ्जनात्मक कार्यक्रम तथा दिप प्रज्वलन साथै भजन

कार्यक्रमको लक्ष्य ः
यस नगरपालिकाको वडा नं. ७ च्याङ्ली आहालेवर्रामा रहेको महादेव मन्दिरमा विगत वर्षहरुमा हुँदै आएको परम्परालाई कायम गर्दै यस क्षेत्र वरपर तथा छिमेकी जिल्लाहरु एवं राष्टको समेत साँस्कृतिक विविधता संरक्षण गरी, आर्थिक, सामाजिक, पर्यटकिय विकासको लागी टेवा पुर्याउनुको साथै विभिन्न जातजाती, धर्म, बर्ग र समुदायको बीच सदभाव एवं बन्धुत्वको भावनाका साथै मानवताको सेवामा समर्पित गराउने र यस क्षेत्रको विकासको लागी संगठित रुपले अघि बढाउने कार्यक्रमको लक्ष्य रहेको छ ।
दिर्घकालीन रुपमा धार्मिक तथा खेल पर्यटन तथा अन्य विभिन्न तवरबाट यस स्थानलाई परिचित गराउँदै होमस्टे समेत स्थापना गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।
कार्यक्रमको उदेश्य ः
1. यस वडा तथा नगरपालिकाभित्र रहेका पर्यटकिय संभावित क्षेत्र पहिचान गरी पर्यटक भित्र्याउनु
2. स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रवर्दनका साथै स्थानिय उद्यमी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्नु ।
3. लगानीकर्ता बैंकहरु र उद्यमी व्यवसायीहरुबीच सम्बन्ध स्थापित गर्नु ।
4. स्थानीय स्तरमा रहेका कलाकारहरुको प्रतिभा प्रस्फटन गर्ने मौका प्रदान गर्दै मनोरञ्जन प्रदान गर्नु ।
5. लोक संस्कृतिको जगेर्ना गर्दै युवाहरुमा रहेक सीप तथा कलाको प्रदर्शन गर्नु ।
6. विभिन्न धर्म तथा भाषाभाषीहरुको जगेर्ना गर्दै आन्तरिक एवं बाह्य पर्यटनको प्रवद्धृन गर्न सहयोग गर्नु ।
7. यस स्थानमा उत्पादित कृषि तथा घरेलु सामग्रीहरुको पहिचान गरी प्रवद्र्धनमा सहयोग गर्नु ।
8. नयाँ वर्ष २०७६ को अवसरमा एक बुलेटिन प्रकाशन गरिने र उक्त बुलेटिनमा शिवरात्री मेला २०७५ कार्यक्रम विशेष प्रकाशन गरिने ।

कार्यक्रमको आकर्षणहरु ः

क) सांस्कृतिक प्रदर्शनी
विभिन्न जातजातीहरुको पुरानो संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिनेछ ।
ख) धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रदर्शन
यस वडामा रहेका ऐतिहासिक एवं धार्मिक स्थलहरु जस्तै भीमसेनस्थान, महादेव मन्दिर, राधाकृष्ण मन्दिर, मनकामना मन्दिर, बलथुम डाँडा, विभिन्न अन्य स्थानहरुको धार्मिक एवं पर्यटकिय रुपमा विकास गर्न यस कार्यक्रमको महत्वपूर्ण भूमिका रहनेछ ।
ग) विविध ः
१, विभिन्न जातजातीका परम्परागत नाचहरु कौरा, चुडका आदिको प्रवद्र्धन गर्न सकिनेछ ।
२, यस वडामा उत्पादित नगदे वाली उखु, मास, भटमास आदिको बजारीकरण एवं विक्री गर्न सकिनेछ
३, घरेलु तथा अन्य कृषि उत्पादन प्रदर्शनी तथा विक्री ।
४, विभिन्न टेलिभिजन च्यानल तथा एफ.एम बाट प्रत्यक्ष प्रसारण ।
५, साँस्कृतिक तथा लोकदोहोरी कार्यक्रम ।
६, विभिन्न सामग्रीहरुको प्रदर्शन तथा खरीद विक्री ।
घ) अन्य

कार्यक्रम अवधीभर प्राथमिक उपचार केन्द्र तथा सूचना केन्द्रसहित विभिन्न स्टलहरु रहनेछन । स्टल भाडा आपसी समझदारीमा कायम गरिनेछ ।
ङ) अपेक्षित सहभागिता ः
कार्यक्रम अवधीभरमा स्थानीय तथा छिमेकी जिल्लाहरुबाट समेत गरी करीब १० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
रातमा बत्ती बाल्ने महिलाहरुको संख्या मात्र १०० भन्दा बढी रहने अपेक्षा गरिएको छ ।
कार्यक्रम प्रायोजन सम्बन्धी व्यवस्था ः

कार्यक्रममा प्रायोजन गर्न चाहने संघसस्थाहरुका लागी प्रायोजक, सह प्रायोजक र उप प्रायोजक को व्यवस्था गरिनेछ । प्रायोजनका लागी रु.२ लाख, सह प्रायोजनका लागी रु.१ लाख ५० हजार र उप प्रायोजनका लागी ७५ हजार रुपैयां तिर्नुपर्नेछ ।
प्रायोजक, सह प्रायोजक र उप प्रायोजक का लागी प्रदान गरिने सुविधाहरु आपसी समझदारीमा तय गरिनेछ ।
प्रायोजन सम्बन्धी विस्तृत विवरण ः
क्र.सं.        विवरण            रकम (रुपैयाँमा)              कैफियत
१.             प्रायोजक           १ लाख ५० हजार
२.           सह प्रायोजक           १ लाख
३.           उप प्रायोजक          ७५ हजार
४.          मुलद्धार प्रायोजक       ५० हजार
५.         सांस्कृतिक कार्यक्रम
६.          कलाकार प्रायोजक
७.          स्टेज प्रायोजक                 ७०,०००
८.          टि.भी., तथा एफ.एम. प्रसारण  ४०,०००
९.       व्यानर प्रायोजन २ मि. भन्दा माथि ४मि.सम्म (प्रति गोटाको ) ५ हजार
१०.        व्यानर प्रायोजन १.५ मि (प्रति गोटाको ) ३ हजार
११.       फ्लेक्स वोर्ड (प्रति गोटाको )
१२.      फ्लेक्स वोर्ड (प्रति गोटाको )
१३.       झांकी प्रदर्शनी ५० हजार
१४.        पोष्टर छपाई
१५.        स्टेज व्यानर
१६.         अन्य

अन्य जानकारीका लागी सम्पर्क ः ९८५६०६०३६६ वडाध्यक्ष, ९८०४१३४६२० गोरखा संसार मिडिया प्रा.लि, ९८१४१३९३२८ मन्दिर व्यवस्थापन समिति अध्यक्ष ९८२५१५९०९२ रियल सनस्टार युवा क्लब

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker