बाइसजंघारमा पुर्काेट कृषि जैबिक तथा औद्योगिक मेला २०७५ आजबाट शुरु

तनहुँको भानु नगरपालिका ९पुर्काेट बाइसजंघारमा पुर्काेट कृषि जैबिक तथा औद्योगिक मेला २०७५ आजबाट शुरु भएको छ । जैबिक बिबिधता संरक्षण समितीको आयोजनामा पहिलो पटक महोत्सब गरिएको को हो । महोत्सव को राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विकासको लागि सबै राजनीतिक पाटी हालेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । एकले अर्कोलाई असहयोग गरे समृद्धि प्राप्त नुहुने बताउनु भयो । महोत्सव मुल समारोह समितिका अध्यक्ष सीताराम बजगाँईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान , गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङ , नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल लगायतले यस्ता मेला महोत्सवले स्थानीय कला सस्कृतिको संरक्षण गर्न मद्धत पुग्नका साथै व्यापार प्रवद्धन तथा पर्यटन क्षेत्रको विकासको लागि मद्धत पुग्ने बताउनु भयो । कला संगीत र सस्कृति, कृषि तथा स्थानिय उत्पादन बिकास र समृद्धि भन्ने नाराका साथ सन्चालन हुने उक्त महोत्सबमा बिभिन्न प्रकारका स्टल, प्रर्दशन सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहेको छ । महोत्सबमा करिब एक लाख दर्शकले अबलोकन गर्ने आयोजको अनुमान छ । पहिलो पटक हुन लागेको उक्त महोत्सबले पुर्कोट क्षेत्रको समग्र पर्यटन प्रर्वधनमा टेवा पुग्ने अपेक्षा आयोजकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker