गोरखाको एक विद्यालयमा प्रधानाध्यापक बिवाद हुँदा संगठन बाटै राजीनामा ।

रविन्द्र कंडेल, माघ ८, गोरखा । गोरखा नगरपालिका वडा नं. १० विरेञ्चोक स्थित रत्नराज्य मा.वि.मा प्रधानाध्यापक सरला देवकोटा लाई हटाउन पहल गर्दा विवाद बढदै जाँदा अन्तत आफ्नो संगठन सदस्यता नै त्याग गर्नुभएको छ । विद्यालयमा अवाञ्छित गतिविधी भएको भन्दै नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिले ७ गते एक विज्ञप्ति जारी गरी गत माघ ६ गतेका दिन केही व्यक्तिहरु विद्यालय प्रवेश गरी लछार पछार गरेको विद्यालयमा भएको अराजक शैलीको विरोध गरेको छ । विज्ञप्तिमा संघले सरला देवकोटालाइ नै पुन प्रधानाध्यापकमा स सम्मान स्थापित गर्न माग गरेको छ । त्यस्तै गरी विज्ञप्तिमा शिक्षा ऐन नियमावलीले निर्धारण गर्ने कानुनी मापदण्ड विरुद्ध अमुक व्यक्तिहरुको जत्था तयार गरी हुलमुलको बिचबाट कानुन हातमा लिई प्र.अ.लाई हटाउने र कुनै एक शिक्षकलाई तानेर कुर्सीमा राखी प्र.अ. घोेषणा गर्ने अराजक शैली प्रति कहिल्यै सम्झौता नगर्ने र डटेर सामना गर्न चुनौती समेत दिइएको छ ।

यस्तो छ नेपाल शिक्षक संघको विज्ञप्ति ः

त्यस्तै गरी प्रधानाध्यापक सरला देवकोटाले पनि एक विज्ञप्ति जारी गर्दै शिक्षण पेशामा लागेदेखि नै आफू एकिकृत अखिल नेपाल शिक्षक संगठनको सदस्य रही काम गर्दै आएको तर हाल आएर सोही संगठनका पुरुष शिक्षकहरुले संगठनमा नेतृत्व गरिरहेका सिमित महिला प्रधानाध्यापकहरुलाई पेलेर जाने र अपमानित गर्ने गरेको आरोप लगाउँदै सो संगठनको साधारण सदस्य समेत नरहने गरी सदस्यता त्यागेको घोषणा गर्नुभएको छ ।

यस्तो छ प्रधानाध्यापक सरला देवकोटाको विज्ञप्ति ः

आज एकिकृत अखिल नेपाल शिक्षक संगठनले पनि एक विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ । यसअघि विद्यालयमा गत भाद्र महिनामा विद्यालय व्यवस्थापन समिति गठन भइसकेपछि समितिले विद्यालयमा कार्यरत प्रधानाध्यापक सरला देवकोटाको ठाउँमा तेज बहादुर नेपालीलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको बताइएकेा छ  । त्यस्तै गरी देवकाेटाका अनुसार नवगठित विद्यालय व्यवस्थापन समितिलाइ नगरपालिकाले समेत मान्यता नदिएकेा बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker