काँग्रेस तनहुँको झगडा छताछुल्ल , जोशी पक्षद्धारा समानन्तर समिति गठन

अमरराज नहर्की
तनहुँ, माघ ८ गते । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले स्थिगित गर्न भनिए पनि नेपाली काँग्रेसका पूर्व सहमाहामन्त्री गोविन्दराज जोशीद्धारा अटेर गर्दै मङ्गलबार काँग्रेस तनहुँको विशेष जिल्ला अधिवेशन गरिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , महामन्त्री डा.शसांक कोईरालाले जोशी पक्षले गर्ने भनिएको विशेष अधिवशेन रोक्न दमौलीमै आएर आग्रह समेत गर्नु भएको थियो । नेपाली काँग्रेस तनहुँले आईतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवा , माहामन्त्री कोईराले जोशी पक्षलाई झगडा नगर्न विधि र विधान अनुरुप पार्टी कार्यालयमा नै बसेर छलफल र वार्ता गर्न आग्रह गर्नु भएको थियो । जोशी पक्षद्धारा अटेर गर्दै दमौलीमा विशेष अधिवेशन गरिएकोले केन्द्रीय स्तरका कुनै पनि नेता उपस्थित भएका थिएनन् ।
बृद्धाश्रम बसेर मार्ग प्रशस्त गर्न वरिष्ठ नेता पौडेललाई जोशीको जिकिर
सो विशेष अधिवेशनको उद्घाटन गर्दै जोशीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दमौलीमा सञ्चालित दुई वटा आश्रम मध्ये एक आश्रममा बसी मार्ग प्रशस्त गर्नु पर्ने जिकिर गर्नु भयो । पौडेले पदमा बसेर पनि जिल्लाको विकास निमार्णको काम गर्न नसक्दा र कार्यकर्ताको संरक्षण गर्न नसक्दा काँग्रेस तनहुँ कमजोर भएको आरोप लगाउँदै जोशीले नेता पौडेलाई राजनीतिक विश्राम लिएर आश्रममा बस्नु पर्ने बताउनु भयो । काँग्रेसको किल्ला रहेको तनहुँमा प्रतिनिधी सभाको दुई सिट र प्रदेश सभाको निर्वाचनमा चार सिट गरी आठवटै सिट गुमाएकोले काँग्रेस तनहुँ असक्षम भएकोले विशेष अधिवेशन गर्नु परेको जोशीले बताउनु भयो । आफ्नो कारणले नभई वरिष्ठ नेता पौडेलले काम गर्न नसकेकाले जनताबाट पराजित हुनु परेको उल्लेख गर्दै जोशीले आपूm सत्ता आउन नपाउँदा तनहुँका जनता ठगिएको बताउनु भयो । २०७४ को प्रतिनिधी सभाको चुनाव नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको विरुद्ध जोशीले वागी उम्मेद्धार दिनु भएको थियो । वागी उम्मेद्धारी दिएकोले नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले ५ वर्षको लागि पार्टी सदस्यताबाट निलम्बन गरेको छ । काँग्रेसको केन्द्रीय कार्यालयका मूख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञेप्ती जारी गरि विशेष अधिवेशनमा विधी अनुरुप नभएको भन्दै भाग नलिन काँग्रेसका कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।

जोशी पक्षद्धारा समानन्तर समिति गठन

यसैबीच जोशी पक्षद्धारा गरिएको विशेष अधिवेशनले डिल्लीराम अधिकारीको सभापतित्वमा समानन्तर समिति गठन गरिएको छ । समितिको सचिवमा चिनु पोख्रेल , कोषाध्यक्ष बालकृष्ण पोख्रेल चयन गरिएको छ ।
सदस्यहरु बालकुमारी लोहनी, धु्रबकुमार श्रेष्ठ, नुरचन्द्र वाग्ले, ऋषीराम पोख्रेल , सुकुमलाल गुरुङ, ओमबहादुर नेपाली, केशरबहादुर गुरुङ, नरेन्द्र थापा, चित्रबहादुर थापा, एलिशा गुरुङ, बुद्धिमान नेपाली, इज्जत अलिम मिया चयन गरिएको छ । पार्टी कार्यालय आई पदस्थापन गर्ने भनि जोशीपक्षले गरेको प्रयाश भने सफल हुन सकेन । प्रशस्त मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएकोले उनिहरु पार्टी कार्यालयमा आउन असफल भएका थिए ।

काँग्रेस तनहँुद्धारा विरोध
यसैबीच नेपाली काँग्रेस तनहुँले मङ्गलबार एक विज्ञेप्ती जारी गरि जोशी पक्षद्धारा गरिएको विशेष अधिवेशनको विरोध गरिएकोे छ । कार्यवाहक सभापति जीतप्रकाश आलेद्धारा जारी विज्ञेप्तीमा मङ्गलबार गरिएको विशेष अधिवेशनको प्रति गंभिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ५ वर्षको लागि साधरण सदस्यबाट निश्कासन गरिएको व्याक्तिबाट आव्हान र नेतृत्वमा गरिएको तथा कथित विशेष अधिवेशन पार्टी विधान विपरित भएको र उक्त गैर वैधानिक अधिवेशनबाट गरिएको सम्पूर्ण निर्णयहरुको कुनै औचित्य नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा तनहुँबाट समेत सहादत हुने सम्पूर्ण सहिद एवं कानुनको शासनमा विश्वास गर्ने प्रति धोका दिईएको जनाईएको छ त्याग र बलिदानले खारिएका लोकतन्त्रवादी नेपाली काँग्रेसका स्वतन्त्र सेनानी , पार्टी प्रति भरोसा राख्ने हजारौं कार्याकर्ताको प्रतिबद्धतालाई बईमानी गरिएको उल्लेख गरिएको छ । अवैधानिक विशेष अधिवेशनबाट बिलचित नहुन र पार्टीको सस्थागत एवं वैधानिक प्रक्रियाबाट विचलित गराउने अनेक दबाब र प्रलोभनबाट भ्रमित नभई पार्टीलाई सम्मान गर्दै नेपाली काँग्रेसप्रति विश्वास रहनु हुनेलाई धन्यवाद दिइ । पार्टीको झण्डा र चुनाव चिन्हको दुरुपयोग गरी पार्टीका इमान्दार कार्यकर्तालाई भ्रमित गरी उक्त कथाकथित अधिवेशनमा जबर जस्ती उपस्थित गराईएको पाईएकोले त्यस्ता इमान्दार सार्थीहरु पार्टी प्रति इमान्दार रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker